लुम्बिनी प्रदेशसभा : बजेटमाथि छलफल हुन सकेन

आजभोलि

लुम्बिनी । सरकार र प्रमुख प्रतिपक्षबीच बजेटका विषयमा सहमति जुट्न नसक्दा आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन ।

प्रमुख प्रतिपिक्षी दल नेकपा (एमाले)लगायत सत्ता पक्षकै केही सदस्यको असन्तुष्टि र विपक्षीको विरोधका कारण आजसम्म पनि बजेटमाथि छलफल हुन नसकेको हो । आजको प्रदेशसभामा पनि प्रमुख विपक्षी दल एमालेका सदस्यहरूको विरोधका कारण बजेटमाथि छलफल अगाडि बढ्न नसकेपछि सोमबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको सुरुआतमै एमालेका प्रदेशसभा सदस्यहरूले नाराबाजी सुरु गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलले बजेट संशोधनका बारेमा सरकारले लिखित जवाफ नदिँदासम्म बैठक चल्न नदिने अडान लिएको छ । विपक्षी दलका प्रदेश सदस्यहरूले उभिएर विरोध जनाएका थिए । विरोधका बीचमा अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सैद्धान्तिक छलफलको प्रस्ताव पेस गर्नुभयो । तर मन्त्री मास्की बोल्दै गर्दा प्रमुख प्रतिपक्ष दलका सांसदहरुले वेल घेराउ गरेका थिए ।

प्रमुख प्रतिपक्ष दलको अवरोधका कारण आजको प्रदेशसभा बैठक स्थगित गरी सभामुख तुलाराम घर्तीले अर्को बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको जानकारी दिए ।

एमालेले बजेटमा भएका गलत विषय सच्याउने लिखित माग गरेको प्रमुख सचेतक तुलसी चौधरीले बताइन् । क्रमागत योजनालाई निरन्तरता, खारेज भएका सात निर्देशनालय यथावत् राख्ने, मुख्यमन्त्री कार्यालयमा विनाशीर्षक राखिएको रु दुई अर्ब रकम सबै निर्वाचन क्षेत्रमा रु ५० लाखका दरले विनियोजन गर्नुपर्ने बजेट आउनुपर्ने एमालेको मुख्य माग रहेको उनको भनाइ छ ।

  • १७ असार २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !