मेचीनगरका एक सय ५९ ले पाए उपचार सुविधा

आजभोलि

झापा । मेचीनगर नगरपालिकाका गम्भीर प्रकृतिको रोगका एक सय ५९ बिरामीले चालु आर्थिक वर्षमा रु एक लाखका दरले उपचार सुविधा पाएका छन् ।

नगरपालिकाले क्यान्सर, मुटु, मिर्गाैला, मस्तिष्कघात लगायतका रोग लागेका बिरामीलाई दिएको सिफारिसका आधारमा सरकारद्वारा तोकिएका अस्पतालबाट उनीहरुले सो रकम बराबरको स्वास्थ्योपचार पाएका हुन् ।

स्वास्थ्य शाखाले जनाएअनुसार क्यान्सरका ९०, मिर्गाैला प्रत्यारोपणका २८, मुटुका २२ र अन्य रोगका नौ जनाले सूचीकृत अस्पतालमा नगरपालिकाले उपचारका लागि सिफारिस गरेको छ ।

नेपाल सरकारले क्यान्सर, मुटु, मिर्गाैला, अल्जाइमर्स, पार्किन्सन्स, हेड इन्जुरी, स्पाइनल इन्जुरी र सिकलसेल एनिमियाको उपचारका लागि विपन्न नागरिकलाई उपचारमा सहयोग दिँदै आएको छ ।

सरकारले बिरामीलाई सिधै रकम दिँदैन । स्थानीय तहको स्वास्थ्य शाखाको सिफारिसका आधारमा सूचीकृत अस्पतालले बिरामीलाई उक्त रकम बराबरको उपचार सेवा तथा औषधि दिने गरेका छन् ।

यसैगरी पालिकाले नगर क्षेत्रका दुई सय एक बिरामीलाई रु पाँच हजारका दरले औषधि उपचार खर्च बापतको रकम वितरण गर्ने तयारी गरेको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा नगरमा उपचार माग भएका दुई सय एक जनाको रु ८७ लाख २० हजार वितरण गर्ने तयारी गरिएको छ । सरकारले जटिल प्रकृतिका बिरामीका लागि मासिक रुपमा रु पाँच हजारका दरले स्थानीय तहमार्फत औषधि उपचार खर्चको रकम उपलब्ध गराउँदै आएको छ ।

  • २९ असार २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !