क्रिकेटबाट ज्ञानेन्द्र मल्लले लिए सन्यास

आजभोलि

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेटबाट ज्ञानेन्द्र मल्लले संन्यास लिएका छन् ।

आज शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको जानकारी दिएका हुन् ।

‘क्रिकेटमा पनि कुनै समय कसैलाई मैले रिप्लेस गरेको थिएँ होला । यो मेरो समय हो । त्यसैले आज मेरो अन्तर्राष्ट्रिय क्रिकेट यात्रालाई विराम लगाउने र फरक यात्रा आरम्भ गर्ने निर्णय गरेको छु’, पत्रकार सम्मेलनमा लिखित प्रेस विज्ञप्ति पढ्दै मल्लले भनेका छन् ।

उनले आफूले संन्यासको घोषणा गर्दै गर्दा मनमुटु भारी भएको पनि बताए । जुन खेलले आफूलाई सबै माझ चिनाउन र मानप्रतिष्ठा दिएको भन्दै सोही खेलबाट बिदा लिन सजिलो नभएको पनि उनको भनाई छ ।

  • १९ श्रावण २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !