एएफसी कप : नेपालको मछिन्द्र र भुटानको पारो एएफसीबीच खेल हुने

आजभोलि

काठमाडौं । एसियाली फुटबल महासङ्घ (एएफसी)को आयोजनामा हुने एएफसी कप फुटबल प्रतियोगिताको प्रारम्भिक चरणमा नेपालको मछिन्द्र फुटबल क्लबले भुटानको पारो एफसी क्लबसँग खेल्दैछ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भोलि साँझ हुने खेलमा दुवै टोली तयारी अवस्थामा रहेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मछिन्द्र क्लबका प्रशिक्षक किशोर केसीले सबै प्रशिक्षण सकेर खेलका लागि आफ्नो टोली तयारी अवस्थामा रहको बताए । सहिद स्मारक ए डिभिजन लिगको उपविजेता बनेको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो ।

लिगमा च्यापियन बनेको चर्च ब्वाइज क्लबसँग एएफसी क्लबको लाइसेन्स नहुँदा उपविजेता बनेको मछिन्द्रले मौका पाएको हो । यता भुटानको पारो एएफसी क्लब लिगमा पहिलो स्थान हासिल गर्दै प्रतियोगितामा सहभागिता जनाएको हो ।

पारो एफसीका प्रशिक्षक पुष्पलाल शर्माले भुटानमा लिग भइरहेकाले आफ्नो टोलीको तयारी राम्रो रहेको बताए । उनले मछिन्द्र क्लबमा राष्ट्रिय खेलाडीसमेत समावेश रहेकाले आफूहरूले मछिन्द्र क्लबलाई बलियो प्रतिद्वन्द्वीको रूपमा लिएको बताए ।

मछिन्द्र र पारोबीचको खेलको विजेताले एएफसी कपको दोस्रो चरणमा भारतको मोहन बगान क्लबसँग खेल्ने मौका पाउनेछ । उक्त खेल यही साउन ३१ गते हुनेछ । मछिन्द्रले गत वर्ष पनि एएफसी कपको प्रारम्भिक चरण खेलेको थियो । उक्त खेलमा मछिन्द्र श्रीलङ्कन क्लब ब्लू स्टारसँग घरेलु मैदानमै पराजित भएको थियो ।

  • २२ श्रावण २०८०, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !