राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई ‘हेर्न नभ्याइने’ मा

आजभोलि

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको सुनुवाई आज बिहीबार ‘हेर्न नभ्याइने’ मा परेको छ ।

बिहीबार न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र कुमार चुडालको संयुक्त इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याउनेमा परेको हो ।

तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले पदबाट निलम्बन गरेपछि अधिकारी रिट लिएर सर्वोच्च अदालतमा पुगेका थिए ।

उनलाई तत्कालीन मन्त्री शर्माले त्यतिबेला विलासी वस्तुको आयात रोक्नेलगायतका नीतिगत निर्णय गर्नुअघि गोप्य सूचना चुहाएको, सरकारलाई असहयोग गरेको र अर्थतन्त्र खराब अवस्थामा पु¥याएको आरोपमा पदमुक्त गर्ने प्रक्रिया अनुरुप छानबिन समिति गठन गरेका थिए ।

त्यसपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार स्वतः निलम्बनमा परेका गभर्नर अधिकारी सर्वोच्चको अन्तरिम आदेशपछि पदमा फर्किएका हुन् । सोही मुद्दाको अन्तिम किनारा अभरै पनि लागिसकेको छैन ।

  • २५ श्रावण २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !