उपप्रधानमन्त्री श्रेष्ठद्वारा पालिकास्तरीय अस्पतालको उद्घाटन

आजभोलि

गोरखा । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ (प्रकाश)ले गोरखाको अजिरकोट गाउँपालिकाको पालिकास्तरीय आधारभूत अस्पतालको आज उद्घाटन गरेका छन् ।

अजिरकोट गाउँपालिका–३, स्थित भच्चेकमा रहेको भच्चेक आधारभूत अस्पतालको एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् । विस २०३४ सालमा स्थापना भएको स्वास्थ्य चौकीलाई पाँच शय्यामा स्तरोन्नती गरी पालिकास्तरीय अस्पतालको रुपमा विकास गरेर सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

अस्पतालबाट चिकित्सकीय सेवा दिन सुरु भइसकेको उनले बताए । चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी गरी १८ जनाको दरवन्दी रहेको अस्पतालमा आवश्यक कर्मचारी व्यवस्थापनका लागि पालिकाले प्रक्रिया अघि बढाइसकेको अध्यक्ष देवकोटाको भनाइ छ ।

पालिकाले आफ्नै पहलमा उक्त अस्पतालबाट गत आर्थिक वर्षका साउनदेखि नै २४ चौविसै घण्टा आकस्मिक स्वास्थ्य उपचारसेवा प्रदान गर्दै आएको उनले बताए ।

भच्चेक आधारभूत अस्पतालबाट अजिरकोट गाउँपालिकासहित सिरानचोक, बारपाक सुलिकोट गाउँपालिका र लमजुङको दूधपोखरी गाउँपालिकाका बासिन्दाले स्वास्थय उपचार सेवा लिन सहज हुने हुने गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिइन् ।

  • १ भाद्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !