समुन्नत नेपाल बनाउन राष्ट्रिय सहमति आवश्यक : मन्त्री गुरूङ

आजभोलि

वालिङ । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले समुन्नत नेपाल बनाउन सबै दल मिल्नुपर्नेमा जोड दिएका छन्। राष्ट्रिय वाणिज्य बैंक लिमिटेड वालिङ शाखा आज शुभारम्भ गर्दैै उनले समुन्नत नेपाल देख्न चाहने हो भने सबै दल मिल्नुको विकल्प नभएको बताएका हुन् ।

“एक दलले अर्को दललाई गाली गलौज गरेर देश बन्दैन”, मन्त्री गरुङले भने, “देश बनाउनका लागि गालीगलौज नभई मिल्नु आवश्यक छ । मुलुक बनाउनका लागि जो जहाँ छ त्यहीँबाट कर्मलाई विश्वास गर्नुपर्छ । ”

“गफ गरेर मात्र मुलुक परिवर्तन हुँदैन”, उनले जोड दिए, “मुलुकको परिवर्तनका लागि कर्म गरेर अगाडि बढ्नुपर्छ । आर्थिक क्षेत्रमा केही अप्ठ्यारा रहेकाले यसलाई नीतिगतरूपमा समाधान गरिनुपर्छ। ” राष्ट्र बैंक बैंकहरूकोे अभिभावक भएकाले उसले आवश्यकता र परिस्थितिबमोजिम नीतिमा पनि सुधार गर्नुपर्ने मन्त्री गुरुङले सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्यालले राष्ट्र बैंकले नियमन र अनुगमनमा कमजोरी गरेकै कारण देशमा वित्तीय अराजकता बढ्दै गएको आरोप लगाए । उनले बैंक तथा वित्तीय क्षेत्रमा देखिएका समस्या सुधार गर्न पनि राष्ट्र बैंकले नियमन गर्नु आवश्यक छ भने ।

वालिङमा आजदेखि सञ्चालनमा आएको बैंक राष्ट्रिय वाणिज्य बैंकको २८२औँ शाखा हो । स्याङ्जामा योसँगै चार वटा यस बैंकका शाखा छन् । बैंकले भिरकोट नगरपालिकाको बयरघारीमा पनि थप शाखा विस्तार गर्ने तयारी अन्तिम चरणमा पुर्‍याएको छ ।

चापाकोट नगरपालिकाको सुन्तलीटार र साँखरमा सेवा प्रवाहका लागि काउन्टर खोल्ने तयारी भइरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बताए ।

  • २४ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !