ललिता निवास जग्गा प्रकरणका आरोपितहरु धरौटीमा छुटे

आजभोलि

काठमाडौं । ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका १७ जनालाई धरोटीमा छोड्न का्ठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । आइतबार जिल्ला न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

अदालतले केशव तुलाधरलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ भने शिवजी भट्टसँग ३ लाख ३० हजार धरौटी माग गरेको छ । त्यस्तै रुद्र कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठसँग ७ लाख ५० हजार, कलाधर देउजासँग १५ लाख, लोकरि घिमिरेसँग ७ लाख ५० हजार, घमन कुमार कार्कीसँग ७ लाख ५० हजार र गोपाल कार्कीसँग ७ लाख ५० हजार धरौटी माग गरेको छ ।

अदालतले विनोद पौडेलसँग १५ लाख, योगराज पौडेलसँग ७ लाख ५० हजार, नारायणराज मिश्रसँग ७ लाख ५० हजार, अरुण कुमार श्रेष्ठसँग ७ लाख ५० हजार, ध्रुव प्रसाद अर्यालसँग ३ लाख ३० हजार, बाबुराजा महर्जनसँग १ लख १० हजार, देवनारायण महर्जनसँग १ लाख १० हजार, सकलानन्द महर्जनसँग १ लाख १० हजार, सञ्जय कुमार महर्जनसँग १ लाख १० हजार धरौटी माग गरेको छ ।

जिल्ला अदालतले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहितका आरोपितहरुलाई छोड्न आदेश दिएको हो । अदालतले गुरुङसँग मात्रै २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको छ ।

  • २४ भाद्र २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !