कर्जा प्रवाहमा एनआईसी बैंकको ठगी धन्दा,पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम

आजभोलि

रौतहट । ऋण लगानी गर्दा एनआईसी एसिया बैंकका कर्मचारीले ग्राहकसँग सापटी भन्दै रकम ठगी गरेको खुलेको छ ।

आफूहरू ठगिएको भन्दै गएको असोज २ गते जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जना पीडितले उजुरी दिएका थिए । जिल्ला प्रशासन कार्यालय रौतहटले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी पठाए पनि प्रहरीले पीडित र बैंक प्रबन्धकको बयान लिने मात्र काम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले घटना गम्भीर भएकाले अनुसन्धान जारी राखिएको बताउनुभयो । ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्ताले जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१०, अशोका एग्रिकल्चर दुर्गाभगवती–१ र अम्बे कृषि फर्म चन्द्रपुर–८ का प्रोपाइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपियाँ ७ महिनाअघि लिए पनि फिर्ता नगरेपछि कानुनी कारबाहीका लागि उनीहरू प्रहरीको शरणमा पुगेका हुन् ।

newsabhiyan

कर्जा प्रवाह गर्दा सापटी भन्दै लिएको रकम फिर्ता नगरेको सम्बन्धमा एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक आमोद गुप्तासँग बुझ्न खोज्दा उनी सम्पर्कविहीन बनेका छन् । कृषि प्रयोजनका लागि माघ अन्तिममा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि एनआईसी एसिया बैंक गरुडाका प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गाभगवती–१ का प्रोपाइटर अशोककुमार साहसँग नौवटा खाली चेक लिएका थिए ।

०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैंकका सेक्युरिटी गार्ड धर्मेन्द्रकुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट रामबच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार लिएको खुलेको हो ।

साहको सर्लाही बरहथवा नगरपालिका–१० सुन्दरपुर चोहर्वाको ४ बिगाह १७ कटठा जमिन धितो राखेर एन आईसी एसिया बैंकले ४ करोड ७५ लाख ऋण स्वीकृत गरेको हो । स्वीकृत कर्जा रकम ऋणीको खातामा राख्नु पूर्व नै बैंक प्रबन्धकले खाली चेक लिएर विभिन्न व्यक्तिको नामबाट ८५ लाख रुपियाँ लिएको दुखेसो उनको रहेको छ ।

यस्तै, जय बाबा बैधनाथ एग्रिकल्चर कम्पनी प्राइभेट लिमिटेड चन्द्रपुर–१० को नाममा रहेको चन्द्रपुर–१० डुमरियाको २५ कटठा र चन्द्रपुर–९को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोपाइटर पुष्पनाथ साहको छोरा राकेश साहको नाममा ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर बैंकका प्रबन्धक आमोद गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिंह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ को बाट मनिषादेवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गाकुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधवप्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेकनम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको खुल्न आएको छ । अम्बे कृषि फर्म चन्द्रपुर–८ का चेकको विवरण बैंकले नदिएको बताइएको छ । एनआईसी एसिया बैंक प्रधान कार्यालयका मुख्य गुनासो व्यवस्थापन अधिकारी अर्जुनराज खनियाले आफूले यस विषयमा बोल्न नमिल्ने बताउनुभयो । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

  • १२ आश्विन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !