कोठा खोजिदिने ‘एजेन्ट’ को मनपरी शुल्क !

आजभोलि

काठमाडौँ । उपत्यकामा कोठा खोजिदिने एजेन्टले मनपरी शुल्क लिने गरेको पाइएको छ । भाडामा कोठा खोज्न निकै समस्या बेहोर्नुपरेपछि व्यक्ति एजेन्टसमक्ष पुग्छन् । तर उनीहरू एजेन्टबाट ठगिने गर्छन् ।

उपत्यकामा कोठा भाडामा पाउन त्यति सहज छैन । एजेन्टकै कारण अचेल कोठा खोज्न घरघरमा जानु पर्दैन । कम्पनी र व्यक्तले नै चाहिएका स्थान र मूल्यका कोठा खोजिदिन्छन् । खाली कोठा देखाएबापत कोठा खोजिदिने कम्पनीले ग्राहकसँग एक हजार रुपियाँ असुल्ने गरेका छन् । कम्पनीले सो काम स्थानीय दलाललाई सुम्पिन्छन् । दलालले थप रकम असुल्ने गरेका छन् । दलालले लिने गरेको शुल्कको बिल दिने चलन हुँदैन ।

पाल्पा रैनादेवी गाउँपालिकाका रामजी शाहीले बसुन्धारा, गोंगबु र चक्रपथ क्षेत्रमा एउटा कोठा खोज्न बिचौलियालाई पहिले तीन हजार रुपियाँ दिएको बताउँदै भन्नुभयो, “एक महिना खोज्दा पनि कोठा नपाएपछि फेसबुकमा आएको नम्बरमा कोठा भाडा मिलाइदिने अफिसमा सम्पर्क गरेँ । त्यसपछि हेरेको कोठा ठिकैका रहेछन् । पहिलाको अफिसलाई हजार रुपियाँ दिनुपर्ने रहेछ । त्यसपछि कोठा देखाउने दलाललाई दुई हजार दिएपछि बल्ल कोठा पाइयो ।”

तीनकुने सुविधानगरस्थित होम रेन्टल सर्भिसका प्रमुख कमला थापाले प्रतिकोठाको एक हजार पाँच सय रुपियाँ लिने गरेको बताउँदै भन्नुभयो, “दैनिक २० देखि २५ जनासम्म कोठा मिलाइदिनुपर्‍यो भनेर आउनुहुन्छ । घरधनी पनि कोठा भाडामा लगाइदिनु पर्‍यो भनेर भन्न आउनुहुन्छ । रजिस्ट्रेसन शुल्क लिएपछि कोठा नपाउँदासम्म वा एक महिनासम्म काम गरिदिन्छौँ ।”

कोठाभाडा लिने र दिनेलाई सुविधा भएको घरधनीको दाबी छ । टोखा ग्रिनल्यान्डका एक घरधनीले आफ्नो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एजेन्टलाई जिम्मा दिँदा घरभाडा दिन सजिलो भएको तर्क गर्नुभयो ।    गारेखापत्र दैनिकबाट ।

  • १४ आश्विन २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !