एसियाड क्रिकेटमा आज नेपाल र भारतले खेल्ने

आजभोलि

काठमाडाैं । एसियन गेम्सको पुरुष क्रिकेटमा नेपाल र भारत आज भिड्दैछन् ।

नेपाली समय अनुसार बिहान पौने ७ बजे दुवै टोलीबीचको प्रतिस्पर्धा सुरु हुनेछ । समूह चरणका दुवै खेलमा जित निकाल्दै नेपाल क्वाटरफाइनल प्रवेश गरेको हो । भारतले सिधैं अन्तिम ८ मा स्थान पाएको थियो ।

नेपालले समूह चरणमा मंगोलिया र माल्दिभ्समाथि शानदार जितसहित नकआउट चरणमा स्थान बनाएको हो । चीनमा नेपाल उत्कृष्ट लयमा देखिन्छ ।

कुशल मल्ल, कप्तान रोहित पौडेलसहितका खेलाडी उत्कृष्ट फर्ममा देखिन्छन् । अघिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाली टिमलाई हान्जाओको पिचले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

युवा स्टार खेलाडीलाई समावेश गर्दै एसियन गेम्समा पठाएको भारतले स्वर्ण पदकलाई मुख्य लक्ष्य बनाएको छ । पछिल्लो संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा उम्दा प्रदर्शन गरेका खेलाडीलाई भारतले टिममा स्थान दिएको छ ।

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गर्ने योजनामा हुनेछन् । नेपालले समूह चरणका दुवै खेलमा २ सयभन्दा बढी रन बनाएकाले भारतविरुद्ध उत्कृष्ट ब्याटिङको अपेक्षा गरिएको छ ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !