एसियाड क्रिकेट : नेपाल भारतसँग पराजित

आजभोलि

काठमाडौं । एसियाली क्रिकेट अन्तर्गत चीनको हाङझाउमा आज सम्पन्न टी२० क्वार्टरफाइनल खेलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ ।

भारतले प्रस्तुत गरेको २०३ रनको विशाल लक्ष पछ्याएको नेपालले ९ विकेट गुमाएर एक सय ७९ रन मात्र बनाउन सकेको थियो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य थियो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३२ रन बनाए । यसैगरी कुशल भुर्तेलले २८, आसिफ सेखले १०, कुशल मल्लले २९, कप्तान रोहित पौडेलले ३, सन्दीप जोराले २९, सोमपाल कामीले ७, गुल्सन झाले ६, करन केसीले अविजित १८ तथा सन्दीप लामिछानेले ५ रन बनाए ।

भारतका खेलाडीहरु रवी बिस्नोई र अभेष खानले समान ३–३ विकेट लिएका थिए । अर्सदीप सिंहले २ तथा साई किशोरले १ विकेट लिए ।

यसअघि टस जितेर भारतले पहिले ब्याटिङ गरेको थियो । भारतका लागि यशस्वी जयसवालले एक सय रन बनाए । उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । साथै ऋतुराज गायक्वाडले २५, शिभम दुबेले २५ तथा रिन्कु सिंहले आक्रामक ३७ रन बनाएका थिए ।

नेपाली बलर दीपेन्द्रसिंह ऐरीले २, सन्दीप लामिछाने र सोमपाल कामीले समान एकएक विकेट लिएका थिए ।

यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिर भएको छ भने भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

  • १६ आश्विन २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !