आजदेखि आइसीसी एकदिवसीय विश्वकप सुरु हुँदै

आजभोलि

काठमाडौँ । आजदेखि आइसीसी एकदिवसीय विश्वकप शुरु हुँदैछन् । क्रिकेट विश्वकपको आज पहिलो दिन गत विश्वकपको फाइनल खेलेका इङग्ल्याण्ड र न्यूजील्याण्ड भिड्दैछन् । यो खेल दिउँसाे २: १५ बजेदेखि अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुनेछ ।

भारतमा आयोजना भइरहेको यो विश्वकपमा विश्वका १० देशले भाग लिएका छन् । आजदेखि शुरु भएर फाइनल खेल नोभेम्बर १९ मा सकिनेछ । नेपाल भने यस विश्वकपमा छनौट हुन असफल भएको छ ।

विश्वकप खेल्ने देशमा आयोजक भारतसहित पाकिस्तान, अस्ट्रेलिया, दक्षिण अफ्रीका, इङल्याण्ड, न्यूजील्याण्ड, बंगलादेश, अफगानिस्तान सिधै छनौट भएका हुन् भने श्रीलंका र नेदरल्याण्डस विश्वकप क्वालिफायरमार्फत छनौट भएर विश्वकप खेल्दैछन् ।

१० देशले समुह चरणमा एक अर्का विरुद्ध एक एक पटक खेल्नेछन् । समुह चरणको खेलपछि शिर्ष चार देश सेमिफाइनलमा खेल्नेछन् । समुह चरणमा कुल ४५ खेल हुनेछन् । यो विश्वकप भारतका १० स्टेडियममा हुँदैछ । जसमा अहमदावादमा फाइनलसहित ५ खेल हुनेछन् भने बैंगलोर, चेन्नई, दिल्ली, धर्मशाला, कोलकोता, लखनउ, पुने र मुम्बईमा ५-५ खेल हुनेछन् । त्यस्तै हैदरावादको राजीवगान्धी क्रिकेट मैदानमा ३ खेल हुनेछन् । त्यसैगरी कोलकोताको इडेन गार्डेन र मुम्बईको वान्खडे स्टेडियममा सेमिफाइनल खेल हुनेछन् ।

विश्वकप २०२३ को विजेता टोलीले ४ मिलियन अर्थात ४० लाख डलर अमेरिकी डलर पाउने आइसीसीले घोषणा गरेको छ । विश्वकपको उपविजेताले पनि २ मिलियन अर्थात २० लाख डलर पुरस्कार पाउने भएको छ । यति मात्र होइन, विश्वकपको सेमिफाइनल पुग्ने टोलीमाथि पनि पैसाको वर्षा हुनेछ । सेमिफाइनलमा पुगेर पराजित हुने दुई देशले ८-८ लाख डलर रकम पाउने छन् । त्यसैगरी समुह चरणबाट बाहिरिने हरेक देश (कुल ६ देश) ले एक एक लाख डलर रकम आइसीसीले दिने बताएको छ ।

  • १८ आश्विन २०८०, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !