गाई संरक्षण महायज्ञबाट नौ लाख ६७ हजार सङ्कलन

आजभोलि

कैलाली । गौशालाको स्तरोन्नतिका लागि यहाँ आयोजना गरिएको महायज्ञबाट रु नौ लाख ६७ हजार आम्दानी भएको छ । गत मङ्सिर १६ गतेबाट २३ गतेसम्म टीकापुर–२ सीतापुरमा आयोजना भएको महायज्ञबाट रु १७ लाख ९६ हजार आम्दानी भएको छ । महायज्ञमा रु आठ लाख २९ हजार खर्च भएको छ । खर्च कटाई रु नौ लाख ६७ हजार बचत भएको महायज्ञ आयोजक समितिले सार्वजनिक गरेको खर्च विवरणमा उल्लेख छ ।

महायज्ञ आयोजक समितिका संयोजक द्वारिकाप्रसाद जोशीले महायज्ञमा रु १२ लाख एक हजार दानबाट, रु चार लाख ४५ हजार कलश बिक्रीबाट, रु एक लाख ५१ हजार धानचामल बिक्रीबाट आय भएको जानकारी राससलाई दिनुभयो । महायज्ञबाट सङ्कलन भएको रकम गाईको बासस्थानका लागि गोठ निर्माण र आहारा व्यवस्थापनमा खर्च हुनेछ ।

“गाईका लागि आहाराको अभाव छ, चिसो मौसममा छाना छैन, हाल तीन सय वस्तुभाउ मात्र अट्ने गोठ छन्, तत्काल गोठ निर्माण गर्नुपर्नेछ”, सामुदायिक चौपाया व्यवस्थापन समितिका अध्यक्ष लोकबहादुर बिसीले भने, “पशुका लागि आहारा, औषधि जुटाउन सहयोग पुग्नेछ ।”

हाल गौशालामा सात सय बढी गाई छन् । विगतमा टीकापुर नगरपालिकाले संरक्षण गर्दै आएको पशुचौपाया गत जेठदेखि स्थानीय युवाले संरक्षण थालेका हुन् । विसं २०८० जेठ १४ गते संस्थामार्फत टीकापुरका केही युवाले वडा नं २ मा पालिएका छाडा चौपायालाई संरक्षण गरेर आयआर्जनको योजना बनाएका हुन् ।

गौशालाभित्र १५ कठ्ठा जग्गामा घाँसखेती गरिएको छ । त्यहाँ निर्माण गोबरग्यास प्लान्टबाट बिहान–बेलुका दुई–दुई घण्टा ५५ घरलाई खाना पकाउन बायोग्यास वितरण गरिएको छ । गौशाला संरक्षण गरिरहेका युवा गाई संरक्षणका लागि दीर्घकालीन आम्दानीका स्रोत चाहिन्छ भन्दै आम्दानीका माध्यम बनाउने प्रयासमा लागेका छन् । युवाले गाईको गोबर मल बिक्री गर्ने, गोबरबाटै दियो, धुपबत्ती, विभिन्न मूर्ति निर्माण गर्ने गरेका छन् ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !