जापान : मृत्युदण्डको सजाय सुनाइएका आओबाद्वारा अदालतमा अपिल

आजभोलि

टोकियो । जापानको ‘एनिमे स्टुडियो’मा भएको आगजनीमा परी ३६ जनाको ज्यान जाने गरी भएको आगजनीको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएका जापानी नागरिकले शुक्रबार उक्त फैसलाविरुद्ध अपिल गरेका छन् ।

सन् २०१९ मा जापानको क्योटो एनिमेसनको स्टुडियोमा भएको आगजनीका लागि ४५ वर्षीय शिन्जी आओबालाई दोषी ठहर गरिएको छ । उनका वकिलले आहोबा मानसिक रोगी भएको र घटनामा दोषी ठहराउनु जापानको कानुन अनुसार गलत हुने दावी गर्दै फैसलाविरूद्ध निवेदन दिएका छन् ।

क्योटो जिल्ला अदालतका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार शुक्रबार उहाँको प्रतिरक्षा टोलीले उक्त फैसलाविरुद्ध अपिल गरेको हो । कानूनमा मृत्युदण्डको सजायको प्रावधान राख्ने केही विकसित (जी–७) मुलुकहरूमध्ये जापान एक हो यसको लागि जन समर्थन उच्च छ । जापानमा गतबर्षको डिसेम्बरसम्म १०७ जनालाई मृत्युदण्ड दिइएको थियो ।

सन् २०१९ को जुलाईमा भएको आगलागीमा परी ज्यान गुमाउनेमा २१ वर्षीया एक महिलासहित अधिकांश युवा थिए । आओबा बिहान भवनभित्र पसेर भुइँतल्लामा पेट्रोल छर्केर आगो बालेर ‘ड्रप डेड’ भनेर चिच्याएको बाँचेकाहरूले बताएका छन् ।

फैसलामा न्यायाधीशले भनेका छन्, “मानिसहरुलाई अपमानित गर्नु वास्तवमै क्रूर र अमानवीय हो ।” आगजनीका कारण आओबाको आफ्नो शरीरको ९० प्रतिशत भाग जलेको थियो र आगो लागेको केही हप्तापछि मात्र होशमा आएका थिए भने पछि उनी बोल्न सक्ने भएका थिए ।

घटनामा ३६ जनाको मृत्यु भएको थियो भने अन्य ३० जनाभन्दा बढी घाइते भएका थिए भने अग्निनियन्त्रकहरूले घटनालाई ‘अकल्पनीय’ भनेका थिए र भित्र फसेका मानिसहरूको उद्धार गर्न ‘अत्यन्त कठिन’ भएको बताएका थिए ।

  • १२ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !