नेपाल भ्रमणमा आउनेभारतका प्रधानमन्त्री मोदी

आजभोलि

काठमाडाैं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही फेब्रुअरीको अन्तिम साता वा मार्च महिनाको पहिलो सातासम्म नेपाल भ्रमणमा आउने भएका छन् । प्रधानमन्त्री मोदीको भ्रमणका लागि सरकारी उच्चस्तरमा गोप्य तयारी हुँदैछ ।

नेपाल र भारतका प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालयको नेतृत्व र सुरक्षा अङ्गको उच्च तहमा मोदीको भ्रमण तयारीका विषयमा छलफल भइरहेको छ । स्रोतका अनुसार यो साता भारतबाट सुरक्षा निकायको दुई दर्जनको टोली काठमाडौं आएर रेकी गरेर बिहीबार साँझ दिल्ली फर्केको छ ।

यसअघि भारत भ्रमण गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । प्रचण्ड र मोदी बीच गत १ जुनमा हैदराबाद हाउस दिल्लीमा भेटवार्ता हुँदा प्रचण्डले निमन्त्रणा दिएका थिए ।

मोदी लुम्बिनी भ्रमणमा आएको समयमा अघिल्ला प्रधानमन्त्री शेरबहादुर देउवाले पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । यसपटकको मोदीको भ्रमण राजनीतिकभन्दा पनि धार्मिक हुने बताइएको छ । उनी भारतमा लोकसभाको चुनाव हुनुभन्दा पहिला पशुपनिनाथको दर्शन गर्ने अभिप्रायले आउन लागेका हुन् ।

भारतमा आगामी मेमा लोकसभाको निर्वाचन हुँदैछ । त्यसअघि पशुपतिनाथको आशीर्वाद लिएर चुनावी अभियान सुरू गर्ने उद्देश्यसहित मोदीको भ्रमण हुन लागेको रेकी टिममा आएका एकजना सदस्यले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीको सुरक्षार्थ खटिएको एसपिजी, एसएसबी, भारतीय सेनाको डिएमआईलगायतको टोली काठमाडौं आएको थियो । टोली साधारणरुपमा आएर पशुपतिनाथको पूजाअर्जना गरेर फर्किएको छ ।

भारतमा अकस्मात कुनै अप्रिय अवस्था सिर्जना नभए मोदीको भ्रमण हुने लगभग निश्चित भएको नेपालको परराष्ट्र स्रोतले बताएको छ । यद्यपि, यसबारे सरकारी निकायले औपचारिकरूपमा पुष्टि गरिसकेका छैनन् ।

यसअघि कार्यभार सम्हालेपछि प्रधानमन्त्री मोदी धेरैपटक नेपाल भ्रमणमा आइसकेका छन् ।

  • १९ माघ २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !