नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन

आजभोलि

नामिबिया । नामिबियाका राष्ट्रपति जिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ। उनी क्यन्सर पीडित थिए ।

‘अत्यन्तै दुस्ख र खेदका साथ यो जानकारी गराउँदछु – प्यारा डा. हागे जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आज, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ’ राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ,’नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ।’

शनिबार मात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी शहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जनाकारी गराएका थिए। उनी ८२ वर्षका थिए ।

  • २१ माघ २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !