महाशिवरात्रिमा जहाजबाट कैलाश मानसरोवरको दर्शन

आजभोलि

नेपालगञ्ज । महाशिवरात्रिको अवसरमा चीनको तिब्बतमा रहेको पवित्र तीर्थस्थल कैलाश मानसरोवरको जहाजबाट दर्शन गराइएको छ नेपालको पथिल होलिडेजले नयाँ दिल्लीको ट्राभल कम्पनी ट्रिप टु टेम्पल्ससँगको समन्वयमा नेपालगञ्जबाट एक सय ५० भारतीय तीर्थयात्रीलाई लगेर आज कैलाश मानसरोवरको दर्शन गराएको हो ।

माउन्टेन फ्लाइटबाट कैलाश पर्वत र मानसरोवरको दर्शनसँगै राक्षस ताल, अपि र साइपाल हिमाललगायतको आकर्षक दृश्यावलोकन गराइएको पथिल होलिडेजका प्रबन्ध निर्देशक महेश गौतमले जानकारी दिए । उहाँका अनुसार कोरोना महामारीअघि वार्षिक करिब १४ हजार भारतीय पर्यटक नेपालगञ्जको मार्ग भएर मानसरोवर पुग्ने गरेका थिए ।

“यसअघि रुपैडिया नाका हुँदै मानसरोवर जाने पर्यटक नेपालगञ्जबाट हवाई मार्गबाट सिमिकोट गएर त्यहाँ बास बस्ने र सिमिकोटबाट हिल्सासम्म हेकिकप्टरमा तथा हिल्साबाट सडक मार्ग भएर ताक्लाकोट हुँदै मानसरोवर पुग्ने गर्दथे”, गौतमले भने ।

पर्यटकीय गतिविधि बढाउन माउन्टेन फ्लाइट सुरु गरिएको होलिडेजका प्रबन्ध निर्देशक गौतमले जानकारी दिए । कैलाश मानसरोवरको दर्शन गर्न चाहने भारतीय पर्यटकका लागि यो नयाँ गन्तव्य बन्दै गएको ट्रिप टु टेम्पल्सका प्रबन्ध निर्देशक विकास मिश्राले बताए । माउन्टेन फ्लाइटकै लागि एक सय ५० भारतीय पर्यटक यहाँ आएका थिए । उनीहरूलाई श्री एअरलाइन्सको जहाजबाट हवाईसेवा उपलब्ध गराइएको हो ।

कैलाश मानसरोवरको दर्शन गर्ने सपना पूरा भएको भारतको कर्नाटकबाट आउनुभएकी ३३ वर्षीया अरुणा यनले बताए । “जहाजबाटै दर्शन गर्न पाउँदा अत्यन्तै खुसी छौँ”, नयाँ दिल्लीबाट आएका ६७ वर्षीय गोपाल सेठले भने ।

यसअघि पथिल होलिडेज र ट्रिप टु टेम्पल्सले श्री एअरलाइन्ससँगको समन्वयमा गत माघ १५ गतेदेखि कैलाश मानसरोवर दर्शनका लागि माउन्टेन फ्लाइट थालेको हो ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !