महिला कैदीबन्दीलाई लत्ताकपडा वितरण

आजभोलि

झापा । नारी दिवसको अवसर पारेर झापा कारागारका महिला कैदीबन्दीलाई ‘लायन्स क्लब अफ विर्तामोड लेडी’ले आज लत्ताकपडा वितरण गरेको छ । झापा कारागारमा रहेका ९१ महिला कैदीबन्दीलाई एक एक थान साडी, चोलो, कुर्था र सुरुवाल वितरण गरिएको हो ।

लायन्स क्लब अफ विर्तामोड लेडीकी अध्यक्ष नीरु उप्रेती ओली र विर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतराले लत्ताकपडा वितरण गरेको हो । त्यस अवसरमा उनिहरुले बन्दी जीवन बिताइरहेका महिलालाई स्वरोजगारमूलक सीप र सकारात्मक सोचको विकास गर्न आग्रह गरे ।

जीवनमा भएका सानो गल्ती वा परिबन्दले सुधारगृहमा पुग्नुपरेका दिदीबहिनीलाई पनि नारी दिवसको आभास होस् भनेर सहयोग गरिएको लेडी लायन्सकी अध्यक्ष ओलीले बताए । झापा कारागारमा हाल ९१ महिला, एक हजार पाँच सय २२ पुरुष र दुई बालबालिका कैदीबन्दी रहेका छन् ।

महिला दर्शकलाई प्रवेश निःशुल्क

यसैबीच झापाको विर्तामोडमा जारी झापा गोल्डकप फुटबल प्रतियोगितामा आज महिला दर्शकलाई प्रवेश निःशुल्क गरिएको छ । गोल्डकप आयोजक समितिका अध्यक्ष विनोद बस्नेतका अनुसार अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा महिला दर्शकलाई टिकट निःशुल्क गरिएको हो । उक्त प्रतियोगितामा रु दुई सय र रु तीन सय प्रवेश शुल्क निर्धारण गरिएको थियो ।

दृष्टिविहीनसँग अन्तक्र्रिया

महिला जनचेतना केन्द्र झापाले नारी दिवसका अवसरमा आज काँकडभिट्टामा दृष्टिविहीन महिलासँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । केन्द्रकी अध्यक्ष राधा प्रधानले दृष्टिविहीन महिलाले जीविका, आवतजावत र राज्यको सुविधामा सकस भोग्नुपरिरहेको हुँदा यस विषयमा सरकारको ध्यानाकर्षण होस् भनेर कार्यक्रम गरिएको बताए ।

सो अवसरमा मेचीनगर क्षेत्रका ६ दृष्टिविहीन महिलाले आफूले भोगिरहेका समस्या सुनाएका थिए ।

  • २५ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !