एकीकृत समाजवादीले महाधिवेशनका लागि वैशाखमा प्रतिनिधि चयन गर्ने

आजभोलि

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न १०औँ महाधिवेशनका लागि आगामी वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने भएको छ ।

पार्टीले मातहतका केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटीलगायत कमिटीलाई सम्बन्धित प्रतिनिधिको नामावली समयसीमाअगावै सिफारिस गरी केन्द्रमा पठाउन निर्देशन दिएको सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।

सबै कमिटीले सम्बन्धित नेताले संगठनमा गरेको योगदान तथा कार्यसम्पादनको मूल्यांकनका आधारमा प्रतिनिधिको सिफारिस गर्न र आफ्नो कार्यक्षेत्रका सदस्यलाई बैठक गरी यसको जानकारी गराउनुपर्ने प्रावधान तोकिएको छ ।

गत माघ २५ देखि आगामी चैत २५ गते (दुई महिना)सम्म महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको छ ।

यस अवधिमा पार्टी सदस्य व्यवस्थित तथा विस्तार, संगठन निर्माण, भेला प्रशिक्षण, प्रकाशनसहित सम्पर्क मञ्चका सदस्य विस्तार, वितरण गर्न सदस्यता शुल्क, लेबीलाई व्यवस्थित गरिनेछ। अभियान सफल बनाउन पार्टीले सबै कमिटीलाई पत्राचार गरेको जनाइएको छ ।

पार्टीले पार्टी सदस्यता विस्तार तथा संगठन सुदृढीकरण गर्न तल्लो तहलाई निर्देशन दिइएको पार्टीले महाधिवेशनमा सहभागी हुन आउने सबै नेतालाई पार्टी सदस्यता नवीकरण गर्न आगामी चैत मसान्तसम्म समय तोकेको छ ।

पार्टीको सम्पर्क विशेष प्रदेश कमिटीले महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजका लागि मातहातका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ। कमिटीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा महाधिवेशन आह्वान गरेको छ ।

 

  • २७ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !