बनेपाबाट नक्कली नोटसहित एक युवक पक्राउ

आजभोलि

बनेपा । प्रहरीले नक्कली नोटसहित एक जनालाई बनेपाबाट पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुर र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको संयुक्त प्रहरी टोलीले बनेपा नगरपालिका वडा नं ५ स्थित एच. एम मोबाइल केयर सेन्टरमा खानतलासी गरि बेथानचोक गाउँपालिका वडा नं. ३ बस्ने बर्ष २५ को सबिन हुमागाईंलाई पक्राउ गरेको हो ।

पसलबाट एक हजार दरका नक्कली नोट ६९ वटा र ५ सय दरको नक्कली नोट एक थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रवक्ता डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परीसर कार्यालय ललितपुरमा पठाइएको प्रहरीले जनाएको छ ।

उनको साथबाट कलर प्रिन्टर एक वटा, ल्यापटप एक वटा, आइफोन एक वटा र पैसा प्रिन्ट गर्ने फोटोकपी पेपर एक रिमसमेत बरामद गरेको प्रहरीले जनाएको छ ।

  • २ चैत्र २०८०, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !