गाजाका लागि दोस्रो सहायता जहाज चाँडै प्रस्थान गर्ने अपेक्षा

आजभोलि

एजेन्सी । खाद्य सहायताको दोस्रो ढुवानी आगामी दिनमा साइप्रसबाट गाजाका लागि प्रस्थान गर्ने साइप्रसका अधिकारीहरूले बताएका छन् । पहिलो डेलिभरी युद्धग्रस्त क्षेत्रमा वितरण भइरहेको थियो ।

साइप्रस सरकारका प्रवक्ता कन्स्टेन्टिनो लेटिम्बियोटिसले साइप्रसमा पत्रकारहरूसँग भने, “आगामी केही दिनभित्र दोस्रो जहाज गाजाका लागि प्रस्थान गर्ने अपेक्षा गरिएको छ ।” आँधीका कारण यसको प्रस्थानमा ढिलाइ भएको थियो । “कार्गो पहिला नै अर्को जहाजमा लोड गरिएको छ, आवश्यक जाँच गरिएको छ”, प्रवक्ताले भने ।

यस अपरेसनको पछाडि परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचन (डब्ल्युसिके) ले पहिलो खेपमा करिब दुई सय टन खाना रहेको र यसलाई विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) को सुरक्षामा उत्तरी गाजामा पुर्याइएको बताएको छ । डब्ल्युसिकेले ढुवानी भएको डिब्बाबन्द सामान र थोक उत्पानका प्यालेटहरूको वितरण सुरु भएको बताएको छ ।

हमासले अक्टोबर ७ मा इजराइलमाथि गरेको अभूतपूर्व आक्रमणबाट सुरु भएको युद्धले गाजामा ठूलो मानवीय सङ्कट निम्त्याएको गरेको छ । राष्ट्र सङ्घीय एजेन्सीहरूले तत्काल उपायहरू लागु नगरिए ससबैभन्दा आवश्यकता भएको उत्तरी गाजामा मेसम्ममा भोकमरी देखिने चेतावनी दिएका छन् ।

 

  • ७ चैत्र २०८०, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !