काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’सँगको भेटपछि नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले सचिवालय बैठक बोलाएको स्रोतले जानकारी दियो ।
स्रोतका अनुसार आज १२ बजे बैठक बोलाइएको र बैठकमा सरकारमा सहभागी हुनेबारे छलफल हुने बताइएको छ ।
नेकपा एसलाई प्रधानमन्त्रीले २ वटा मन्त्रालयसहित सहभागी हुन आग्रह गरे पनि उसले गृहसहित ३ वटा दाबी गर्दै आएको छ । तर प्रधानमन्त्री प्रचण्डले गृह आफ्नै पार्टीले राख्ने अडान लिएपछि नेकपा एसले भौतिक पूर्वाधार मन्त्रालयले आफूले पाउनुपर्ने माग गरेको छ ।
बैठकमा सरकारमा कोको जाने भन्ने विषयमा छलफल हुने जनाइएको छ । आजै ४ बजे सत्तारुढ गठबन्धन दलको बैठक पनि बस्दै छ । प्रधानमन्त्री प्रचण्डले आजै सरकार विस्तारको तयारी गरेका छन् ।