सिलवाल फेरी न्यायका लागि सर्वोच्चः मूल्यांकनमा सिलवाल २६३ र प्रकाश अर्याल २६२ अंक

आजभोलि

काठमाडौं । डिआइजी नवराज सिलवालले प्रहरी महानिरीक्षक बनाउदा सरकारले अन्याय गरेको भन्दै उनले सर्वोच्चमा रिट निवेदन दायर गरेका छन् । उनले सरकारले गैरकानुनीरुपमा प्रकाश अर्याललाई प्रहरी महानिरीक्षकमा बढुवा गरेको जनाउँदै आफूलाई महानिरीक्षक बनाउन माग गरी मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका  हुन ।  

निवेदनमा चार वर्षको कार्यसम्पादन मूल्यांकनमा आफूले २६३ र प्रकाश अर्यालले २६२ अंक प्राप्त गरेको हुँदा आफू कार्यसम्पादन र मूल्यांकनमा अगाडि भएको उल्लेख छ ।

सिलवालले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, प्रधानमन्त्री, गृह मन्त्रालयलगायतलाई विपक्षी बनाइ दायर गरिएको निवेदनमा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा पाउने कानुनप्रदत्त हकमाथि आघात सिर्जना भएको हुँदा मन्त्रिपरिषदको सोमबारको निर्णय बदर गरी आफूलाई प्रहरी महानिरीक्षक बनाउन माग गरिएको छ ।

यसअघि प्रहरी महानिरीक्षकमा जयबहादुर चन्दलाई सरकारले बढुवा गरेपछि सो कार्यान्वयन नगराइ आफूलाई वरिष्ठताका आधारमा प्रहरी महानिरीक्षक बनाउन माग गर्दै उनीद्वारा दायर गरिएको निवेदनमा अदालतले चार वर्षको कार्यसम्पादन र मूल्यांकनका आधारमा वरिष्ठतमलाई बढुवा गर्न आदेश दिएको थियो ।

  • २९ चैत्र २०७३, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !