सुदूरमा भारतीय राजदूत रञ्जित रेलाई कालो झण्डा

आजभोलि

सूदूर ब्यूरो । नेकपा एमालेका स्थानीय कार्यकर्ताले भारतीय राजदूत रञ्जीत रेलाई कैलालीमा कालोझण्डा देखाएका छन् । उनीहरुले कालो झण्डा देखाउँदै विथोल्ने प्रयास गरेको स्थानीय प्रशासनले जनाएको छ । एकाएक कार्यक्रममा कालोझण्डा देखाएपछि उद्घाटनस्थलमा तनाव सिर्जना भएको थियो ।
हुलाकी राजमार्गको उद्घाटन गर्न धनगढी आएका राजदूत रेमाथि एमाले नेता कार्यकर्ताले ‘भारतीय विस्तारवाद मुर्दावाद, आन्तरिक मामिलामा हस्तक्षेप बन्द गर’ जस्ता नारा लगाउँदै कालो झण्डासहित देखाएका थिए ।
कालोझण्डा देखाएर कार्यक्रम विथोल्न थालेपछि नेपाल प्रहरीले एमाले जिल्ला सदस्य दिर्घ जोशीसहित ६ जनालाई पक्राउ गरेको छ । एमालेका कार्यकर्ताले कालो झण्डा देखाएपछि एक छिन निकै तनाव भएको थियो । आक्रोसित प्रर्दशनकारीले भारतले नेपालमाथि हस्तक्षेप गरेको भनदै नाराबाजी गरेका थिए ।
उक्त हुलाकी मार्गको भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखक र भारतीय राजदूत रेले संयुक्त रुपमा राजमार्गको उद्घाटन गरेका थिए ।

  • ९ माघ २०७३, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !