कांग्रेस संसदीय दलमा सभापति देउवा विजयीः यसरी एक ठाउँमा आए देउवा र कोइराला

आजभोलि

कांग्रेस संसदीय दलमा सभापति देउवा विजयीः यसरी एक ठाउँमा आए देउवा र कोइराला

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा विजयी भएका छन् । सोमवार भएको निर्वाचनमा देउवाले ४४ मत ल्याएर विय भएका हुने । उनका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत ल्याएका थिए ।

निर्वाचनमा देउवाले कूल ६३ मतमध्ये ४४ मत ल्याएर विजयी भए भने उहाँका प्रतिद्वन्द्वी प्रकाशमान सिंहले १९ मत प्राप्त गरेर उपविजेता भएका छन् ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा काँग्रेसका प्रत्यक्ष निर्वाचित २३ र समानुपातिक ४० गरी ६३ जना सांसद छन् ।

यो निर्वाचनसँगै नेपाली कांग्रेसभित्रको समिकरण बदलिएको छ । महामन्त्री शशांक कोइराला तथा कृष्ण प्रसाद सिटौला समूह देउवा क्याम्प पुगेका छन् । महामन्त्री कोइराला सहमतिद्वारा दलको नेता चुन्नेमा जोड दिदै आइरहेका थिए । पछिल्लो पटक सभापति देउवा पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षलाई उपनेता दिएर पनि सहमतिमा सर्वसम्मत नेता बनाउने पक्षमा थिए । तर पौडल पक्षधर नेताहरु भने सहमति आउन मानेन् । जसले प्रकाशमान सिंहलाई नेतामा उठाएर देउवासँग प्रतिस्प्रर्धा गराउनेमा लगि परेका थिए ।

योसँगै कांग्रेस भित्रको तेस्रो धार मानिएको सिटौला समूह पनि देउवा टिममा विलय भएको छ । र पौडेल टिममा रहेका भनिए महामन्त्री पनि सभापति देउवासँग देखिएपछि अब समिकरण बदलिएको छ । यसले कांग्रेसभित्र पौडल समूह कमजोर हुँदै गएको जनाइएको छ ।

  • २१ फाल्गुन २०७४, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !