जनआन्दोलनका कमाण्डर गणेशमान सिंहलाई यसरी सम्झियो

आजभोलि

काठमाडौं । २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम साथ शनिबार मनाइएको छ । १९७२ कात्तिक २४ गते जन्मनुभएका सिंहको २०५४ असोज २ गते निधन भएको थियो ।

आफ्नो अडानमा दृढ रहने नेताका रुपमा छवि बनाउनु भएका सिंहलाई लौहपुरुष समेत भनिन्छ । नेपाली राजनीतिमो सिंहको योगदानलाई स्मरण गर्दै हरेक वर्ष उहाँको जन्मजयन्ती र स्मृति दिवस विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

गणेशमान सिंह फाउण्डेशनले शोभा भगवतीमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले गणेशमान सङ्घर्षशील, त्यागी, लौहपुरुष, प्रजातान्त्रिक आन्दोलनलाई सहज ढङ्गले नेतृत्व गर्ने नेता हुनुहुन्थ्यो भन्नुभयो ।

पूर्व महामन्त्री सिंहले अहिले पदप्रतिष्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पदसमेत त्याग गर्ने गणेशमान सिंहको जीवनी एक पटक मनन गर्न गर्न सबैसँग अपिल गर्नुभयो ।

उहाँले प्रजातन्त्र र लोकतन्त्रको दुहाई दिने कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र अभाव रहेको दाबी गर्नुभयो ।
पूर्व महामन्त्री सिंहले केही दिनअघिको केन्द्रीय कार्य समिति बैठकमा पार्टीको विधान केही हैन पार्टी सभापति नै सबैथोक हो, जे मन लाग्यो त्यही गर्दै हिँड्न सकिन्छ भन्ने शैलीमा सभापति शेरबहादुर देउवा प्रस्तुत हुनुभएको आरोप लगाउनुभयो ।

  • २४ कार्तिक २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !