कांग्रेसले पुष १ अर्थात् कालो दिन,सम्झनै छोड्यो : पार्टीमा ठेकदारको दबदबा

आजभोलि

आभोलि डेस्क, काठमाडौं । नेपाली कांग्रेसले २०१७ पुष १ गतेलाई सम्झन छोडेको छ । उसको स्मृतिमा पुष १ को त्यो कठिन माहोल अट्न छोडेको छ । राजा महेन्द्रले २०१७ पुष १ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई अदस्थ गरी जेल हालेका थिए । नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो ।

दुई तिहाई बहुमतका जननिर्वाचित प्रधानमन्त्रीलाई जेल हालेको दिनलाई विगतमा कंग्रेसले कालो दिन मनाउने गरेको थियो । नेपलाको विकास आधारशिला तयार भइरहेको समयलाई राजा महेन्द्रले रोकेको दिन हो पुष १ गते । तर समय बदलिएको छ । जसरी कांग्रेसले बीपीको प्रजातान्त्रिक समाजवाद भुल्यो त्यसै गरी कालो दिवसलाई पनि भुलेको छ ।

बरु कांग्रेसीहरुले अचेल राजा महेन्द्रलाई सम्झन थालेका छन् । उनीहरुको स्मृतिमा बीपीको भन्दा राजा महेन्द्रको स्थान पाएको आभास हुन थालेको छ ।

संयोग २०७५ को पुष १ गते नेपाली कांग्रेसले १४ औं महासमितिको बैठक बसिरहेको छ । बैठकमा पार्टीको नीति तथा विधान बारे बहस हुँदैछ । बीपीको प्रजातान्त्रिक समाजवादको पुर्नव्याख्या गर्ने जमर्को गर्दैछ । कार्यकर्ता गुुमराहमा राख्न र आफू बीपीको अनुयायी देखाउन मात्र कांग्रेसीहरु बीपीको नामा लिने गरेका छन् । यसले मात्र बीपीलाई सम्झन बाध्य बनाएको छ ।

देश निर्माणको लागि बीपी लिएको जनमुखी बाटो लिने की नलिने कांग्रेस दोधारमा छ । बीपीले भनेजस्तो पार्टी अहिले सुकिलामुकिलाको दबदबामा भाँसिएको छ । इमानदार तथा त्याग भएको कार्यकर्ता पाखा लागेका छन् ।

बीपीको कांग्रेस ठेकेदारको पार्टीको परिणत भएको छ । संगठन निर्माण तथा नीतिगत बहस भन्दा पनि कोसँग पैशा छ भनेर मूल्यांकन हुन थालेको छ । जसले पार्टीलाई वैचारिक बहसबाट दुर गरिदिएको छ ।

पछिल्लो पुस्तामा पनि पैशा कमाउनुपर्छ राजनीति आफै हुन्छ । अर्थात् पैशा भएका टिकट किन्न सकिहालिन्छ भन्ने मानोवृत्ति पलाएको छ । र, जसरी पनि पैशा कमाउनेतिर लागेको पाइन्छ ।
यसरी कांग्रेसको भविश्यमा नैतिक विचलन आएको छ । पार्टीकोप्रतिको लगाव तथा सम्मान कम हुँदै गएको छ । कांग्रेसी युवाहरु बैचारिक रुपमा निराश भएका छन् । र, उर्जा पनि मर्दै गएको छ ।

वर्तमान नेतृत्वले कार्यकर्तामा विश्वास तथा भरोशा जगाउन सकेको छैन् । नत नविन विचार सम्पे्रषण गर्न सक्यो, नत संगठनलाई आधुनिक ढाँचामा विकास गर्न सक्यो । पार्टी संरचना परम्परागत रुपमा चलेको छ । जहाँ अनुशासन तथा कटिबद्धता छैन् । युवा पार्टीप्रति आर्कषित तथ जिम्मेवारविहीन छन् ।

पार्टी अब पाटी बन्छ की भन्नेमा आशंका जनाएको छ । पार्टीमा विवाद, वैचारिक विचलन, कार्यकर्ताको कम आर्कषण तथा गैरजिम्मेवार नृतत्वले नेपाली कांग्रेस विस्तारै कमजोर हुँदै गएको छ ।

  • १ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !