कसरी भयो मोबाइल फोन स्मार्ट ? 

आजभोलि

जब मोबाइल फोन आयो । यसले टेलिफोन खायो । रेडियो खायो । क्यासेट प्लेयर खायो । टेलिभिजन खायो । क्याल्कुलेटर खायो । हाते घडी खायो । टर्च लाइट खायो । क्यामेरा खायो ।  चिट्ठी पत्र खायो । क्यालेन्डर खायो । आउटडोरगेम खायो । दोस्तीमित्रता खायो । हिंडडुल खायो । जाँगर खायो । तन्दुरस्ती खायो । पुस्तक खायो । पढार्इ खायो । स्मरण शक्ति खायो । सृजनशिलता खायो । श्रीमानश्रीमती बीचको भलाकुसारी खायो । परिवारका सदस्यको गफगाफ खायो । खर्च खायो । महिनावारी तलब खायो । इस्टमित्र खायो । मलामी खायो । समय खायो ।  संबेदनशिलता नै खायो । मोबाइल फोनले सबैलाई खायो र स्मार्ट भयो । 

हुँदाहुँदै मोबाइलले यसैलाइ खिचखिच चलाउने ‌औंलालाई खाँदैछ । आँखाको ज्योती खाँदैछ । कानमा ठेस्ने गट्टाले श्रवण शत्तिलार्इ खाँदैछ ।  क्रमशः मानिसको विवेककालार्इ खाँदैछ । अन्ततः मान्छेलाइ नै खाँदैछ । मान्छे बचाउने हो, इन्सानियत जोगाउने हो भने मोबाइललार्इ तारले बाँध्न ढिला भएन र ? तारले बाँधिञ्जेल फोनले यति उपद्रो मच्चाएको थिएन । जब टेलिफोनलार्इ तारले बाँध्न छोडियो । छाडा बनाइयो अनि मोबाइल फोन भयो । मोबाइल फोनलार्इ स्मार्ट फोन भनियो । भविश्यमा स्मार्ट फोनलाइ खाने सुपर स्मार्ट फोन आउला । यसले अरु केकेलार्इ खानेछ ? हेर्दै जाउँ ।

तर गाँठी कुरो के हो भने  मोबाइल फोनको कुनै दोश छैन । बरु यसलार्इ चलाउनेको होस छैन ।

  • ५ पुष २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !