महेन्द्र र बीपी नेपालका विराट व्यक्तित्व !

आजभोलि


दीर्घराज प्रसाई

बीपीको भारतका राममनोहर लोहियो, जयप्रकाश नारायणलगायतका थुप्रै समाजवादी नेतासँगको सहवास थियो बीपीसँग। परिस्थिति यस्तो आउन थालेको थियो कि महेन्द्र र बीपीबीचमा वैमनष्यता बढ्नु र उता बिस्तारैबिस्तारै भारतले नेपालका नदी, जमिन र सार्वभौमसत्तामाथि पकड जमाउन थालेको, दाड(देउखुरीलाई जलाम्य बनाएर भारतले नहर बनाएर पानी लैजाने योजनाअनुसार भारतीयबाट पक्की बंगला पनि बनिसकेका थिए। त्यस अवस्थामा नेपाली जनता कांग्रेसी सरकारसँग संगठित रूपमा आक्रोशित हुने अवस्था थियो।

राजा महेन्द्रले जुन उद्देश्यबाट ०१७ को घटना गराए पनि त्यसको पछाडि राष्ट्रियता सुदृढ गराएको उज्यालो पक्ष पनि देखियो। राजा महेन्द्रले विश्वका ठूला राष्ट्रको दबाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्बन गरेर संयुक्त राष्ट्र संघमा नेपालको भूमिका स्थापित गरेका थिए।

चीनका शक्तिशाली नेता माओत्सेतुङ र भारतका शक्तिशाली प्रधानमन्त्री जवाहरलाल नेहरू यी दुवैसँग राजामहेन्द्रले सन्तुलित मित्रता कायम गरेका थिए। हामीबीच देखिएको अन्योल आपसी समझदारी र राष्ट्रियताको महसुस हुन नसकेर हो।

०२५ सालमा सुन्दरीजल जेलबाट छुटेपछि केही दिन विराटनगर बसेर बीपी भारत गई निर्वासित जीवन बिताएका थिए। सन् १९७५ मा भारतले सिक्किम हडपेपछि बीपी चिन्तित भए। अब नेपाल पनि खतरामा पर्ने देखेर २०३३ सालमा राजासँग राष्ट्रिय सहमति कायम राखेर बीपी, गणेशमानसहित अन्य केही नेताका साथ नेपाल फर्केका थिए।

राजा महेन्द्रबाट बेखुस भए पनि बीपी राजसंस्थाविरोधी भने थिएनन्। राजसंस्था बारे बीपीको भनाइ थियो(ुनेपालमा राजतन्त्र रहेन भने नेपाल भन्ने राज्य पनि रहँदैन। नेपालको अस्तित्व त राजाको अहं स्वार्थको कुरा हो। त्यसैले राजाहरूले देश बचाएका छन्। म चहान्छु राजाको राष्ट्रवादी स्वार्थ र जनताको प्रजातान्त्रिक स्वार्थको मेल होस्।

वास्तवमा ०१७ सालमा कांग्रेसको नेतृत्वको संसद् र सरकार निरंकुश प्रकारले विघटन गरिएता पनि त्यो कदम कांग्रेसी सत्ताको विरुद्ध लक्षित नभएर विदेशी हस्तक्षेपको विरुद्ध केन्द्रित थियो। राजा महेन्द्रले बहुदलीय व्यवस्थामाथि प्रतिवन्ध लगाएर पञ्चायती व्यवस्थालाई राजनीतिक व्यवस्थाको रूपमा जनताको सहभागिता जुटाउन सकेको थिए। राजा महेन्द्रको भनाइ थियो (नेपालको सन्दर्भमा खराब नेतृत्वको कारणले दलगत व्यवस्थाले जनता मात्र विभाजन गर्ने होइन देशलाई नै विभाजन गराउन सक्छ।

पथभ्रष्ट एमालेंमाओवादी, कांग्रेसका गद्दार नेताहरुका लागु गर्न खोजिएको धर्मनिरपेक्ष, गणतन्त्र, संघीयता जस्ता विखण्डनकारी रोगलाई समर्थन गरेर हिड्न सकिदैन । २०६३ पछि राजा विस्थापित गर्न खोजेका बेलादेखि अहिलेसम्म देश डुब्ने स्थितिमा पु¥याइएको छ । नेपालको सार्वभौसत्तालाई बचाउन राजा महेन्दबाट पौष १ गते, नेपालको संसद भङ्गगरी शासनभार ग्रहण गरेर नेपाल बचाएका थिए । पौष १ गतेको राजा महेन्द्रको कदमको स्वस्फूर्तरुपमा नेपाल अधिराज्यका जनता तथा प्रवासी नेपालीहरु समेतले खुसीयाली मनाउँदै भारतीय विस्तारवादको बिरुद्ध घर–घरमा दिपावली गरेका थिए ।

पौष १६ गते नेपाली कांग्रेसका नेता बीपी कोइराला, वीर गणेशमान, शैलजा लगायत धेरै कांग्रैसका नेताहरु नेपाललाई भारतीय दवाबबाट मुक्त हुन नेपालको राष्ट्रियता खतरा छ भन्दै राजासँग मिलेर काम गर्न भारतबाट नेपाल फर्केका थिए । भारतमा निर्वासनमा रहेका बीपी कोइराला, गणेशमान सिंह लगायत कांगे्रसका नेताहरु पौष १६मा राजासँग मिलेर काम गर्ने सर्तमा राष्ट्रिय सहमतिको नारा लिएर नेपाल फर्केको बेला हो । सिक्किम भारतमा विलय भएपछि नेपालको राष्ट्रियता माथि पनि खतरा देखेर नेपाल फर्केको बेलादेखि नेपालको प्रजातान्त्रिक मामिलामा बीपी कोइराला स्मरणीय बनेका छन् ।

बीपीका विचार उहाँका भाइ गिरिजाले पोलेर खाएता पनि बीपी कोइरालाका विचारलाई नेपाली समाजले बिर्सिने छैन । २०३३ सालपछिका बीपीका प्रजातान्त्रि विचारसँग सबै पक्ष सहमत हुनसक्ने अवस्था छ । नेपाली कांग्रेसका नेता बीपीका भाइ गिरिजाप्रसादले बीपी कोइरालाका विचारलाई गणतन्त्र, धर्मनिरपेक्षको समर्थनमा लागेर रछयानमा फाले । त्यो बेलादेखि नेपालको राजनीतिमा कांग्रेस अस्ताएको छ । अव नेपाली कांग्रेस नेपालको राजनीतिमा फेरि प्रभाव जमाउन चहान्छ भने बीपी कोइराला किन २०३३ सालमा राष्ट्रिय सहमतिको नारा लिएर नेपालमा फर्के भन्ने कुरा बुझ्नु पर्छ ।

जवसम्म कांग्रेस नेपालमा संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यको नीति लिएर जनसमक्ष आउँदैन, कांग्रेसले फेरि सत्तामा आउन खोज्नु व्यर्थ हुनेछ । भारतमा अंग्रेजको प्रभूत्व बढिरहेको बेलामा नेपालमा यो क्षेत्रका ५४ भन्दा बढी स–साना हिन्दु राज्यलाई मिलाएर पृथ्वीनारायणहरुको प्रतिष्ठा र शाहले विश्वको एक मात्र हिन्दु अधिराज्य स्थापित गर्न सकेका थिए । अतः नेपालको सार्वभौमसत्ता, एकता र स्थायित्वको लाथि राजसंस्था तथा हिन्दु अधिराज्यलाई यथावत राखी संसारमा हिजोको झै शिर ठाडो गरेर उभिन हामी सम्पूर्ण देशभक्तहरु सक्रिय बनौं

(लेखकका निजी विचार हुन्)

  • ९ पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !