उही ड्याङको मुला

आजभोलि

नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद प्रकरणका विषयमा छानविनका लागि गठित संसदको लेखा समितिअन्तर्गतको उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर गरेको छ । यस घोटाला मुद्राका दृष्‍टिले अहिलेसम्मकै ठूलो घोटाला मध्येको एक हो । यसले सुडान घोटालालाई समेत स्मरण गराएको छ । केपी ओली सरकारको सुशासनको नारालाई यसले घोटाला काण्डले धज्जी उडाएको छ । 

छानविनका लागि गठित समितिले बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी, सचिव कृष्णप्रसाद देवकोटा तत्कालीन वायुसेवा निगमको सञ्चालक समितिका अध्यक्ष प्रेमकुमार राई, तत्कालीन पर्यटन सचिव शंकर अधिकारी, निगमका वर्तमान महाप्रबन्धक सुगतरत्न कंसाकार, तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीद्वय जीवन बहादुर शाही र जितेन्द्र नारायण देवलाई कारबाहीको लागि सिफारीस गरेको छ ।

अहिले दुइ तिहाइको बलमा वाइडबढी जहाजमा भएको घोटालामा संलग्न मन्त्री अधिकारीलाई जोगाउने र अनुसन्धानलाई प्रभावित पर्ने जुन प्रयास भैरहेको छ जुन आफैमा विडम्बना हो । जुन प्रधानमन्त्री केपी ओलीको ‘भ्रष्टाचार गर्दिन र गर्न दिन्न’ भन्ने भनाईको भद्दा मजाकसमेत हो । यदी साच्चै केपी ओली भ्रष्टाचार विरुद्ध शून्य सहनशिल हुनभने तुरून्त मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्नुपर्छ ।

संसदीय अभ्यासमा संसद अन्तर्गतको समितिलाई महत्वपूर्ण मानिन्छ । यसले समय वखत सरकार संचालनका क्रममा दिने निर्देशन, अनियमितताको छानविन जस्ता विषयमा गर्ने निर्णयले महत्पूर्ण प्रभाव पार्छ । तर दुई तिहाइवाला सरकारलाई मन्त्री रविन्द्र अधिकारी र प्रधानमन्त्री केपी ओलीलाई वाइडवडी घोटाला छाननिवनको लागि गठित लेखा समितिअन्तर्गतको उपसमितिको प्रतिवेदनलाई जोकको रूपमा लिइरहेका छन् । यदी होइन भने समितिको प्रतिवेदनले कारबाही गर्न सिफारी गरिएका मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्नुपर्ने होइन र ? आफू यस घोटालामा संलग्न नभएको बताउने मन्त्री अधिकारी नैतिकताको आधारमा राजिनामा दिएर छानविनलाई सहज बनाउनु पर्ने होइन र ?

अहिले समाजिक संजालमा मन्त्री अधिकारीलाई दुधले नुहाएको व्यक्ती हो जसरी नेकपाका नेता कार्यकर्ताहरू शब्द खर्चिरहेका छन् । उनीहरू भनिरहेका छन् समितिको छानविन प्रतिवेदन नियतबस आयो । पार्टीगत रूपमा आयो । यस्तो भन्नेहरूले बुझ्न नसकेको कुरा समितिको छानविन प्रतिवेदनले केवल वर्तमान मन्त्री रविन्द्र अधिकारीलाई दोषी करार गरेको छैन । समाजिक संजालमा काँग्रेसको सांसदले तयार गरेको प्रतिवेदन हो भन्नेहरूले बुझ्नुपर्ने की प्रतिवेदनले कारबाही गर्न सिमारिस गरेको पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देव काँग्रेसका नेता हुन् ।

भ्रष्टाचारको आरोप लागि  सक्दा र  संसदीय समितिलाई झुठो बयान दिँदा समेत जुका झैं टासिएर बस्ने मन्त्री रविन्द्र अधिकारी कुनै समयमा मैले विश्वास गरेका युवा नेता मध्येका एक थिए ।विभिन्न संघसंस्थामा म आबद्ध रहँदा जहिले पनि एमालेबाट युवा नेता रविन्द्र अधिकारीलाई कार्यक्रममा अतिथिको रूपमा बोलाउनु पर्छ भन्थे । बुढाले देश विगारे युवा अगाडि आउनुपर्छ भन्थे । किनकी यिनको नैतिकताको र आदर्शताको गफ खुब मन पर्थो  र यिनी युवासमेत थिए । ‘युवा अधी बढ्दै छ देश अघि बढ्दै छ’ भनी खुब नारा लागाइयो ।

तर सयम उल्टो बगेको छ । सत्तामा पुगेपछि यिनको वास्तविक अनुहार बाहिर आउने क्रम जारी छ । ‘सानो तिनो प्रश्न मन्त्री जस्तो व्यक्तीलाई सोध्ने हो’ भनी एभिन्यूज टेलिभिजनका पत्रकारमाथि दूर्व्यवहार गर्ने, ‘महालेखापरीक्षकसँग राय लिएर वाईडबडी जहाजको लागि रकम भुक्तानी गरेको  हो’ भनी संसदीय समितिलाई झुठो बयान दिने, र सार्वजनिक लेखा समिति अन्तर्गतकाे उपसमितिले वाइडवडी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दासमेत पदमा टाँसिरहने जस्ता कारणले यिनी पनि उही ड्याङको मुला सावित भएका छन् ।

  • १८ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !