शान्तिपूर्ण स्ववियु निर्वाचन र विद्यार्थी आन्दोलन

आजभोलि

  
सरोज कुमार जोशी

त्रिभुवन विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयद्वारा आंगिक तथा सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसहरुलाई जारी गरिएको निर्देशन स्वागतयोग्य कदम हो । नेपाली शैक्षिक जगतको इतिहासलाई गौरवपूर्ण बनाउनदेखि विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा पुरयाउनका लागि तोकिएको समयमा स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न अत्यन्तै जरुरी छ । सँगै अनेकौ चुनौती, कठिनाई र व्यवधान भने यथेष्ठ मात्रामा छन् ।

विगतका वर्षहरुलाई हेर्दा विश्वविद्यालय अन्तरगतका आंगिक क्याम्पसहरुको विद्यार्थी युनियनको निर्वाचन अशान्ती र हिंस्रक वातावरणवीच सम्पन्न भएका थिए । जुन पूर्ण रुपमा सम्पन्न हुन सकेको थिएन । यसले नेपालको विद्यार्थी जगत र शैक्षिक परिपाटीमा अन्यौलता संगै राजनीति प्रति वितृष्णा निरासा उत्पन्न गराएको छ ।

युवा उमेरसँगै रगत बगत र सगत भएका शिक्षित विवेकशिल उर्जाशील अनि भविष्यमा देशलाई सुमार्गमा डोर्याउने आशा गरिएका बुद्धिवान विद्यार्थी वर्गले यनियन निर्वाचनको बहानामा शैक्षिक जगतलाई नै आतंकित र फोहोरी तुल्याउने कु कम आफैमा खेद जनक तथा घिन लाग्दो र अस्वाभावीक थियो ।

हाल जनप्रशासन केन्द्रिय विभागमा म अध्ययन गरिरहँदा पनि विद्यार्थी संगठनका नेतृत्वदायी व्यक्तिहरु पार्टीका जुलुश सभा समारोहमा म जस्तै कैयौं विद्यार्थीहरु जम्मा गरेर उहाँहरु आफ्नो पार्टीको अहम र दम्भ पूरा गर्ने प्रयत्न गरिरहेका छन् । संगै युवाहरुको शैक्षिक अधिकारलाई थाँती राखेर पार्टीको स्वार्थ पूरा गर्ने भयानक खेल खेल्दा रहेछन भन्ने सामान्य सत्य बुझ्न मलाई एक वर्ष लाग्यो । फेरि पनि बुझदैछ । पूर्ण भइसकेको भने छैन् ।

यसर्थ पनि २०७५ फागुनन महिनाका लागी तय गरिएको मिति नजिकीए सँगै स्वविय निर्वाचनमा आम विवेकशील, निर्वाचन, परिवर्तन प्रेमी विद्यार्थी साथीहरु संयमित, सावधान र स्वविवेकी हुनु अपरिहार्य ठान्दछु । विद्यार्थी संगठनलाई आफनो भातृ संगठन बनाउने पार्टी र तिनका नेतृत्वदायी व्यक्तिहरुले आआफना संगठनलाई जे जसो निर्देशन दिने गरेका छन् । हुबहु ठीक त्यस किसिमको व्यवहार संचालन प्रयोगमा ल्याउने हो भने पुनः विगत जस्तै तोडफोड , आगजानी र मारपीटका घट्ना नदोहोरिएलान् भन्न सकिने कुनै बलियो आधार छैन् । जुन दुभाग्यको कुरा हो ।

हाम्रो जस्तो मुलुकमा विद्यार्थीको दलिय समूह बनाई पार्टीले निर्दोष विद्यार्थीहरु बीच अनावश्यक र अस्वाभाविक भिडन्त गराउनु कुनै नौलो कुरा होइन । जहाँ सजिलै भन्न सकिन्छ निष्पक्ष न्यायदाता संस्था न्यायलय त अछुतो छैन । विद्यार्थी अगुवा साथीहरुले आफ्नो सुन्दर भाग्य र भविष्यको नविन सपना बोकी विश्वविद्यालय प्रवेश गरेका हुन्छन् । अध्ययनमा इमान्दार, जेहेन्दार, लगनशील र राजनैतिक पूर्वाग्रहबाट मुक्त भएर विद्यार्थी अन्दोलनमा होमिएका हुन्छन् । उहाँहरुलाई म लोभ, लालच, प्रलोभन, डर, धम्की, त्रास वा राजनैतिक प्रभावमा पार्ने व्यवहारको बिरुद्धमा उभिन पनि अनुरोध गर्दछु । साझा भावनात्मक एकता जुटाई भाईचारामा बढाउने कार्यमा अग्रसर हुन सुझाव दिन चाहे ।

अन्त्यमा सम्पूर्ण विद्याथी साथीहरुलाई अत्यन्तै उत्साह जनक रुपमा आ ( आफनो शैक्षिक संस्थामा क्रियाशिल भई स्ववियु निर्वाचनमा जुटन म अत्यन्तै हार्दिकताका साथ असाध्यै विनम्रता पूर्वक अनुरोध गर्दै व्यापक विद्यार्थीहरुको सहभागितामा निर्धारित मितिमै खुशियालीका साथ सहज , सुखद अनि माइलो वातावरणमा निर्वाचन हुने कुरामा विश्वास व्यक्त गर्दछ । शुभकामना । अन्यथा हेमन्त रानाको बोलको गीत चालिस कटेसी रमाउला भन्ने दिन नआउला भन्न सकिदैन।

(लेखक वि पि ए तेस्रो सेमेष्टर अन्तरगत जनप्रशासन केन्दिय क्याम्पसमा अध्ययनरत छन् ) ।

  • २५ पुष २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !