प्रधानसेनापति थापा भारत जादै

आजभोलि

चित्र माया श्रेष्ठ, काठमाडौँ – प्रधानसेनापति पूर्णचन्द्र थापा आज भारत जादै छन्। उनी भारत सरकारको औपचारिक निमन्त्रणामा थापा भारत जान लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बताएको छ।

भारतमा रहँदा उनले भारतीय राष्ट्रपतिले स्थलसेनाको मानार्थ महारथी दर्जाले सम्मान गर्ने कार्यक्रम रहेको छ। उनलाई शनिबार राष्ट्रपति रामनाथ कोविन्दले दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम पनि रहेको छ।

दुवै देशका सेना प्रमुखहरुलाई कदरस्वरुप मानार्थ महारथी दिने प्रचलन रहिआएको छ। भारत भ्रमणमा रहँदा प्रधानसेनापति थापाले भारतीय समकक्षी स्थल सेनाका सेनाध्यक्षसँग भेटवार्ता गर्ने कार्यक्रम पनि तय भएको छ। त्यस्तै, भारतका रक्षा मन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको बताए।

सात सदस्यीय भ्रमण टोलीमा श्रीमती दीपा थापा र सैनिक इन्टेलिजेन्टस् उपरथी झंकरबहादुर कडायत लगायत रहने भएका छन्। प्रधानसेनापति थापाको टोली माघ २ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

  • २७ पुष २०७५, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !