अलपत्र जनकपुर जयनगर रेल सेवा, कमिसनको चक्करमा मन्त्री महासेठ

आजभोलि

अलपत्र जनकपुर जयनगर रेल सेवा, कमिसनको चक्करमा मन्त्री महासेठ

जनकपुर ।नेपाल सरकारको उदासिनताको कारण जनकपुरधाम–जयनगर रेल सेवा अलपत्र परेको छ । भारतीय रेल निर्माण कम्पनी इरकानले गत वर्षको नोभेम्बर महिनामै रेलको सम्पुर्ण कार्य पूरा गर्ने जनाएको थियो ।

उसको प्रतिबद्धता अनुसार डिसेम्बर महिनादेखि रेल सञ्चालन हुनुपर्ने थियो । तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको उदासिनताले रेल सञ्चालन अनिश्चित बनेको छ ।

चालु आर्थिक वर्षको बजेटमै रेलको ईञ्जिन र बोगी खरिद गर्न ५० करोड रुपैया विनियोजन गरिएपनि सरकारले हाल सम्म रेल खरिद अथवा अनुदानमा लिने प्रकृयालाई अगाडी बढाएको छैन।

सम्पूर्ण पूर्वाधारहरु तयार भईसकेपनि ईञ्जिन र बोगीको कारण सञ्चालनमा जनकपुर–जयनगर रेल सेवा सञ्चालनमा आउन नसकेको बेला सरकारले लालबन्दी–निजगढ रेलमार्ग निर्माण प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको लगानीमा निर्माण हुने ४० किलोमिटर लामो परियोजनाको ट्रयाक खोल्ने काम सुरु भएको रेल बिभागका महानिर्देशक बलराम मिश्रले बताए ।

करिब ७÷८ अर्व रुपैया लाग्ने सो निर्माणका लागि सरकारले काम अगाडी बढाएपनि नेपाल सरकारको ५० करोड लागतमै सञ्चालनमा आउन रेलको कार्यलाई अलपत्र पारिएको छ ।धनुषा जिल्लाबाट निर्वाचित भएर भौीतक पूर्वाधार मन्त्री बनेका रघुबीर महासेठले जनकपुर–जयनगर रेल सेवाका लागि चासो नलिएको बताईन्छ ।यसै क्षेत्रका रेलवे विभागका महानिर्देशक मिश्रले रेलको ईञ्जिन र बोगी खरिदको प्रकृया अगाडी बढन थालेको पटकपटक जनाएपनि काम अगाडी नबढेको बताईन्छ ।

नेपाललाई भारतले उपलब्ध गराउने ईञ्जिन र बोगी सोनपुर रेलवे स्टेशनमा तयारी अवस्थामा रहेको छ । रेलवे सञ्चालनको लागि प्राविधिक कर्मचारीहरुको छनौटको कार्य समेत भईसकेको छ ।तर नेपालबाट त्यसका लागि पहल भईरहेको छैन् ।

रेलको ईञ्जिन र बोगी खरिदमा मन्त्री महासेठले कमिसन नपाउने भएकाले चासो नलिएको स्रोतहरुले जनाए ।तर कमिसन आउने लालबन्दी–निजगढ रेल मार्गमा पर्ने पुलहरु मध्ये ५ वटाको टेण्डर भईसकेको छ ।अन्य १३ वटा पुलको टेण्डर हुने प्रकृया अगाडी बढिसकेको छ ।बर्दिबास–लालबन्दी रेल निर्माणको कार्यपनि सुस्त गतिमा भईरहेको छ ।

पुलको टेण्डर हुनासाथ कमिसन आउने भएकाले मन्त्री महासेठ लालबन्दी–निजगढ रेलमार्गप्रति आकर्षित भएको बताईन्छ । जयनगर–जनकपुर–बर्दिवास रेल मार्ग नै पुरा हुन अझै केहि वर्ष लाग्ने र बर्दिबास–लालबन्दी रेलमार्गको निर्माणमा समेत थप समय लाग्ने भएको अवस्थामा सरकारले कयौं वर्षमा निर्माण हुने रेलमार्गको पुल ठेक्का लगाउन थालेको छ ।

  • २८ पुष २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !