थाइल्याण्डमा भएको महिला टी–२० स्मास क्रिकेटमा नेपालले दोस्रो जित हात पार्दै अघ्र स्थानमा

आजभोलि

चित्र माया श्रेष्ठ
काठमाडौं, थाइल्याण्डको तेर्थाई क्रिकेट मैदानमा हाल जारी भइरहेको महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार दोस्रो बिजेता हात पारेको छ । आइतबार हुँदै गरेको खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै नेपालले लगातार दोस्रो बिजेता निकालेको हो।

मलेसियाले दिएको ६२ रनको खेलमा सामान्य लक्ष्य नेपालले १६.२ ओभरमा रहेको ४ विकेट गुमाएर पुरा गर्दै अघि बढेको हो। नेपालले गरेको जितमा रोमा थापाले अविजित २० रनको योगदान दिएकी छिन् । उनले २४ बलको सामना गर्दै १ चौका प्रहार गरिन्।

त्यस्तै गरि ओपनर सिता रानामगर १५, ममता कुमारी चौधरी नटआउट ९, र अर्की ओपनर काजल श्रेष्ठले ६ र इन्दु वर्माले ३ रनको योगदान दिएका हुन। र सरिता मगरले भने खाता खोल्नु भन्दा अघिनै रनआउट भइन्। मलेसियाका लागि इन्तान जफार र ऐना हसिमले १–१ विकेट हात पर्दै अघिबढेका छन् ।

यस भन्दा अघि नै टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १९.३ ओभरमा अलआउट हुँदै ६१ रन बनाई सकेको थियो। मलेसियाकी सिओ जीन यीले १२ र युश्रीना याकोपले ११ रन जोडनुबाहेक अन्य कुनैपनि खेलाडीले अझै दोहोरो रनको स्कोर छुन सकेको छन् ।

मलेसियालाई सस्तोमा नै समेट्न नेपालकी सरिता रानामगरले सर्वाधिक ४ विकेट लिएकी हुन। यस्तै, नेरी थापा, इन्दु बर्मा र कविता कुँवरले समान एक–एक विकेट लिए।

उक्त जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाउँदै आएको छ। पहिलो खेलमा चीनलाई हराउँदै नेपालले ४ अंक जोडेको छ। पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराउँदै आएको थियो। अब नेपालले भोली र युएईसँग पनि खेल्नेछ।

  • २९ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !