वामपन्थी सरकारलाई साधुवाद

आजभोलि

अरूणा उप्रेती

आठ वर्षअघि म जानकी मेडिकल कलेजमा जाँदा त्यहाँ आकस्मिक कक्षामा एउटा पालेमात्र थिए । भुइँमा एउटा कुकुर सुतिरहेको थियो । त्यो कक्ष डुङडुङ्ती गनाइरहेको थियो । त्यहाँ बिरामी आएपछि डाक्टर बोलाउने चलन रहेछ । नर्स, हेल्थ असिस्टेन्ट आदि खाजा खान गएको उत्तर पाइयो ।

३ तला चढेर गएपछि २ जना बिरामी भेटिए । झाडापखाला भएर आएका उनीहरूलाई सलाइन पानी दिइएको थियो । बिरामीबारे लेखिएको नोट खोज्दा पाइएन । आधा घन्टा बसेपछि एकजना नर्स आइन् । नर्सले नोट डाक्टर आएपछि मात्र लेख्ने बताइन् । काठमाडौं आएर एक सातापछि ‘साझा सवाल’ कार्यक्रममा मैले भनेकी थिएँ, ‘जानकी मेडिकल कलेजको अवस्था उप–स्वास्थ्यचौकी जस्तो पनि छैन ।’ जानकी मेडिकल कलेज जेनतेन गरेर चलिरहेको छ, विद्यार्थी छन् । तर त्यहाँ बिरामी छैनन्, जाँच्ने डाक्टर छैनन् ।

पहिले–पहिले खोलिएका निजी मेडिकल कलेजको दुर्गति देखेपछि पनि सरकार आफ्ना केही आसेपासेलाई खुसी पार्न, व्यापारीको कालो पैसा सेतो बनाउन नयाँ–नयाँ मेडिकल कलेज काठमाडौंमै खोल्ने, आफ्नो अस्पताल नभए पनि हुनेगरी कानुन बनाउन खोज्दैछ । ‘वामपन्थीहरू बहुमत लिएर सत्तामा आएपछि स्वास्थ्य र शिक्षामा क्रान्तिकारी परिवर्तन ल्याउँछन्’ भन्ने सुनिएको थियो । साँच्ची नै सरकारले क्रान्तिकारी परिवर्तन ल्याउन लागेछ । अब खुल्ने मेडिकल कलेजमा राम्रो व्यवस्थापन, बिरामी हेर्ने डाक्टर, अस्पताल, उपकरण आदि केही नभए पनि हुन्छ । मुन्ना भाइ एमबीबीएस फिल्मका मुन्नाले ‘अस्पताल’ खोलेर आफ्ना नक्कली बिरामी बुबालाई देखाए जस्तै जताततै अस्पताल खुल्नेछन् । व्यावहारिक ज्ञान त पछि बिरामी हेर्दै जाँदा सिकिहाल्छन् नि !

धेरै वर्षअघि एक वामपन्थी नेताले एक डाक्टरलाई भनेका थिए रे, ‘सबैले नेपालीको प्रमुख रोग ग्यास्ट्रिक भन्छन् । वामपन्थी सरकारमा आएपछि त यो ग्यास्ट्रिक त खतम हुन्छ, किनभने यसको कारण नै मानसिक तनाव हो । वामपन्थी सरकारमा आएपछि नेपालीको तनाव खतम हुन्छ । अनि त केको ग्यास्ट्रिक † वामपन्थीले त स्वास्थ्य, शिक्षा र जमिनको प्रयोगमा क्रान्तिकारी कदम चाल्छ ।’

अहिले वामपन्थी नेतृत्वको सरकारले सरकारी वीर अस्पतालको दुर्गति देखेन । वामपन्थी सरकारले सिरहा, सप्तरी, राजविराजमा रहेको सगरमाथा अस्पताल, नेपालगन्जको भेरी अञ्चल अस्पतालको दुर्गति देखेन । जनकपुर अस्पतालको दुर्गन्ध र उपकरणरहित कोठा देखेन । सरकारले देख्यो, जसरी भए पनि मेडिकल कलेज चलाएर पैसा कमाउने व्यापारीको अनुहार ।

  • २९ पुष २०७५, आईतवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !