मेरो चरित्र मूल्यमाथि हत्या नगर :साबीत्रि सुवेदी

आजभोलि


 
चित्र माया श्रेष्ठ, काठमाडौँ
मानवअधिकारमा आधारित रहेर काम गर्दै आएकी मानवकर्मी सावित्री सुवेदीले सामाजिक सञ्जाल फेसबु्कमा नक्कली आईडी बनाएर आफ्नो चरित्रहत्या गर्न खोजिएको प्रति गम्भीर आपत्ती जनाएकी छिन् । बलात्कार र महिला हिंसाका विरुद्ध उनले पटक-पटक आवाज बुलन्द गर्दै आएकी सावित्रीले केही बलात्कारी मानसिकता भएका मानिसहरुले आफूलाई झुठो र कपोलकल्पित ढंगबाट आरोप लगाएको भन्दैँ फेसबुकमा स्टाटस मार्फत आक्रोश पोखेकी छिन् ।

“बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछन्, उनले फेसबुकमा लेखेकी छिन्, यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।”

मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तकहरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु, भनेर फेसबुक स्टाटस लेखेकी छिन् ।

उनको फेसबुक स्टाटस यस्तो छ:

मलाई जोडेर सामाजिक संजालमा पैशाको बार्गेनिङ गरेको, अनेक मान्छेसंग फोटो जोडेर बाहिर आएको छ भनेर मेरा सुभचिन्तक हरुले मलाई के हो भनेर सोध्नु भएको छ । म यस्ता हुदैं नभएको कुराको बारेमा चासो नै नराखौ भन्ने सोचमा थिएं । तर धेरैले केहो केहो भन्नु भएकोले केहि लेख्दैछु ।
मलाई थाहा छ मैले धेरैको मनमा चोट पुर्याएको छु । अहिलेसम्म ७७ वटै जिल्ला पुगेर ७०० भन्दा बढि आफ्नै बाउं, काका, आफन्त, गाउँको धनाड्यले बृद्दा, गरिबका अपाङ, साना बच्चिहरुमाथि लगातार ,बर्षौबर्ष देखिका बलत्कारका केस उठाइन मात्र तिनलाई जेलसम्म पुर्याए पनि । यहिहो मेरो अपराध, त्यसैले, ति बच्चिहरुका जिवन चुसेका ब्वासाहरुले मेरो बिरुद्द यस्ता झुठा आरोप लगाएर मलाई झुठ बनाउन खोज्दैछ्न । यो आरोप प्रमाणीत गरेर कार्वाहि गर्न म खुल्ला छु । अरु अपराधी लाई कार्वाहि गराउने मलाइ अपराध गर्न छुट छैन । तर यिनलाई एउटै अनुरोध , आरोप लगाउने मान्छे अघि लेउ, पैशा खाए को प्रमाणीत गर , मलाई जेल पठाउं । तर फेक कुरा तयार गर्न समय खर्चेर मेरो चरित्र हत्या नगर । यसको मुल्य धेरै महंङो हुनेछ ।

  • ३० पुष २०७५, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !