नक्कली कम्युनिस्टसंग काँग्रेसले पालेको मानसिक त्रासको चिरफार

आजभोलि

गोर्खाली उदय


१. कम्युनिस्टः काँग्रेस नक्कली कम्युनिस्टसंग डराएको छ । नक्कली कम्युनिस्ट साँच्चैका कम्युनिस्टभन्दा हजार गुना कायर र काँग्रेसभन्दा सय गुना कायर हुन्छन् ।

२. भ्रष्टाचारः काँग्रेसका केही मान्छेले लाखदेखि करोडसम्म भ्रष्टाचार गरेका छन्, कम्युनिस्टको नाउँमा अर्व, अर्व ।

३. राष्ट्रीयताः काँग्रेसलाई राष्ट्रघात गर्यो भन्ने तथाकथित कम्युनिस्टहरूले गरेका महाकाली सन्धी, अपर कर्णाली, अरूण तेस्रो, नेपाली विमानस्थलमा भारतीय एयरमार्शल राख्ने लगायतका राष्ट्रघात कांग्रेसकोभन्दा कम छैनन् ।

४. तस्करी: नेपालको इतिहासमा भएको सबैभन्दा ठूलो सुन तस्करी काण्ड (३८ क्विन्टल) मा कम्युनिस्टहरू आफैं संलग्न भएको कारण त्यसको छानविन प्रतिवेदन स्वयं प्रधानमन्त्रीले गायव पारेको छ । यो हदको राष्ट्रीय अपराध कांग्रेसले गरेको छैन ।

५. शिक्षाः तथाकथित कम्युनिस्टहरूले लाखौंलाई पढाईबाट बन्चित गराए, हजारौं विद्यालयहरू जलाए, सयौं शिक्षकहरूको हत्या गरे र अहिले आएर शैक्षिक तथा मेडिकल माफियाको लागि काम गर्दैछन् ।
६. स्वास्थ्य: औषधी उपचारको नाउँमा विदेश धाउने र राष्ट्रको ढुकुटीबाट अर्वौं उपचार खर्च लिनेको अग्रपंक्तिमा नक्कली कम्युनिस्टहरू नै पर्छन् । जनताको स्वास्थ्य माफियाहरूको हातमा सुम्पिनेहरू पनि तीनै हुन् ।

७. रोजगारीः कम्युनिस्टहरू सत्तामा बसेर सातै प्रदेशमा बैदेशिक रोजगार विभागहरू खोलेर युवाहरूलाई विदेश धपाउँदैछन् । यो काँग्रेसले गरेकोभन्दा चरम अपराध हो ।

८. सामाजिक सुरक्षा : मजदूर र कर्मचारीहरूले दसौं वर्ष जम्मा गरेको रकम नक्कली कम्युनिस्टहरूले बिजुलीको पोलमा आफ्नो फोटो टासेर खर्च गरेका छन् । नक्कली कम्युनिस्टहरू सत्तामा आएपछि बलात्कार, हत्या, हिंसा र लुटपाटका घटना ज्यामितीय अनुपातमा बढेका छन् ।

. रिपोर्टहरूले देखाएको छ, घुसखोरी, भ्रष्टाचार र बेरूजु नक्कली कम्युनिस्ट सत्तासिन हुनासाथ बढेको छ ।

१०. धर्म संस्कृतिः नक्कली कम्युनिस्टहरू नेपाली धर्म संस्कृति मासेर एउटा हतियारको ब्यापारी माफियाले चलाएको क्रिश्चियन धर्म(संस्कृति भित्र्याउन चाहन्छन् । सुरक्षा निकायहरूको गण, बाहिनीहरूको नाम परिवर्तन पनि त्यसैका लागि हो ।

११. काँग्रेससंग अध्यात्म: (पाप र धर्मको) डर हुन्छ, सक्कली कम्युनिस्टसंग नैतिक आचरण र इमान हुन्छ पिके केपी जस्ता नक्कली कम्युनिस्ट जत्थासंग अधर्म, अनैतिकता र बेइमानीबाहेक केही हुँदैन । त्यसैकारण काँग्रेस पाखण्डी कम्युनिस्टहरूसंग डराउनै पर्दैन ।

  • १२ माघ २०७५, शनिबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !