विश्व हल्लाउने ३५ वर्षे ठिटो अर्थात् ‘जुआन’

आजभोलि

लोकराज अवस्थी, बिश्लेषण । भेनेजुयला एकाएक विश्व राजनीतिको चर्चाको शिखरमा छ । विश्वले त्यहाँको राजनीतिलाई गहन र सुक्ष्म रुपमा नियाली रहेको छ । र, सबैले आ आफ्ना धारणा बनाई रहेका छन् । कारण हुन् ३५ वर्षे ठिटो जुआन गुआदियो ।

३५ वर्षे ठिठो अर्थात् भेनेजुयलाको प्रतिपक्ष दलको नेता जुआन गुआदियोले साता अघि सडकबाट आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गर्यो । वर्तमान राष्ट्रपति निकोलस मादुरोलाई अबैध घोषणा समेत गरिदिए । र,विश्व जगतलाई समर्थन गर्न पनि आह्वान समेत गर्यो ।

२४ घण्टा नबित्दै अमेरिकाले जुआनलाई समर्थन गर्यो । वर्तमान राष्ट्रपतिलाई अबैधसमेत भनी दियो । सँगै रुस तथा चीन लगायतका देशले वर्तमान राष्ट्रपतिलाई बैध मान्यता दियो । विश्व दुई भागमा बाँड्यो । एकातिर कम्युनिष्ट तथा अर्कोतिर लोकतान्त्रिक देशहरु फरक फरक कित्तामा उभिए । स्पेनले एक हप्ताभित्र नयाँ निर्वाचन गर्न नभए जुआनलाई मान्यता दिने चेतावनीयुक्त वक्तव्य जारी गर्यो ।

जुआनको राजनीतिक कदमको कारण विश्वमा शित युद्ध शुरु भयो । अर्थात् वैचारिक युद्धको थालनी भयो । निर्वाचित राष्ट्रपति बैध की सडकबाट घोषित बैध ? मुख्य बहसको विषय यही हो । यो गरम बहसले संसार तातेको छ । संसारका शक्ति राष्ट्रहरुलाई विवादमा ल्याएको छ ।

अमेरिका लगायतका देशहरुले वर्तमान राष्ट्रपति निकोलस मादुरो भ्रष्ट, निरंकुश तथा अबैधानिक भएकाले औचित्य नरहेको बताएको छ । उसले गएको निर्वाचनमा धाँधली भएकाले निर्वाचनमै प्रश्न खडा गरेको छ । निरंकुश सरकारलाई सडकबाटै ढाल्नु विकल्प नरहेकाले प्रतिपक्षले जनताको बलमा सरकार ढालेको जिकीर गरेको छ । यही बैध विधी भएको समेत भनेको छ ।

रुस तथा चीनले बैधानिक तरिकाबाट निर्वाचन राष्टपति निकोलस मादुरो नै बैध भएको जनाएका छन् । उनीहरु पीतपक्ष दलको नेताले सडकबाट गरेको घोषणा अबैध भएको दाबी गरेका छन् । उनीहरुले अमेरिकाले भने भेनेजुयलाको तेल तथा खानिको लागि अस्थिरता सर्जिना गरेको आरोप लगाएका छन् । भेनेजुयलाको ४१ प्रतिशत तेल एक्लै अमेरिकाले मात्र उपयोग गर्दै आइ रहेको छ ।

विश्व दुई ध्रुबमा बाँडिएसँग भेनेजुयलाको राजनीतिक संकट गहिरिएको छ । आन्तरिक समस्या दिनानुदिन बढ्दै गइरहेको छ । भेनेजुयलाको अदालतले प्रतिपक्ष दलका नेता जुआनलाई देश छोड्न प्रतिबन्ध लगाएको छ । सँगै उनको बैंक खातामा समेत रोक लगाएको छ । निकै बलियो मानिएको सेना पनि वर्तमान राष्ट्रपतिको पक्षमा देखिएको छ । बाह्य भन्दा आन्तिक राजनीति पेचिलो बनेको छ । अमेरिकी कुटनितिज्ञलाई दशे छोड्न समयसिमा समेत तोकेका छन् ।

लोकतन्त्र र मानवअधिकारको पक्षमा लामो समयदेखि आवाज उठाउदै आएका जुआनले २०१७ मा पनि ठूलो पर्दशन गरेका थिए । उनले गएको निर्वाचनलाई पनि अबैध मान्दै आइरहेका छन् । उनले निर्वाचनको परिणाम पनि स्वीकार गरेका छैनन् । एक दशकदेखि निरन्तर लोकतन्त्रका लागि सडक संघर्षमा रहदै आएका छन् ।

जे होस जुआनले शान्त विश्वलाई तरंगित बनाएको छ । सडकबाट राष्ट्रपति घोषणासँगै आफूलाई विश्व राजनीतिक रंगमञ्चमा न्यायका लागिथ अभ्याएका छन् । सँगै जबरजस्त चर्चामा ल्याएका छन् । एक घोषणाले विश्वलाई ध्रबिकृत गरेको छ । देशभित्र र बाहिर नयाँ बहसको थालनी गरेको छ ।

पहिले उनी आफ्ना र आफ्ना नागरिकका लागि बोल्थे । अब बिश्वका उनका लागि बोल्दैछ । उनको लोकतान्त्रिक आन्दोलनमा समर्थन गर्दैछ । उनले गरेको काम बैधताका लागि आवाज उठाउँदैछ । उनी बिस्तारै विश्व राजनीतिका हिरो बन्दैछन् । बिरोध समर्थन जे गरे पनि उनी मियो बनेका छन् ।

विश्वलाई २ भागमा बाँडेका उनले आगामी दिनमा कसरी राजनीतिक अबतरण गर्दछन् । यो अबको चासो विषय हो । एक शक्तिले उनलाई सर्मथन गरेको छ भने अर्को शक्तिले उनको बिरोध गरेको छ । उनका लागि समर्थन तथा बिरोध दुबै चुनौतिका बनेका छन् ।

Photo: www.washingtonpost.com

  • १६ माघ २०७५, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !