भोलि डा. केसीको मृत्युपछि प्रम ओलीले कुनै ज्यान मुद्दा बेहोर्नु पर्दैन !!!

आजभोलि

 जय प्रकाश (जेपी) गुप्ता

अनसनमा मरेकाहरूको श्रृँखला लामो छ । बीपी कोईराला २९ वा २१ दिनसम्म अनसन बस्नु भयो । शताब्दीऔं सम्मका लागि तिरस्कारका पात्र बनाईएका तत्कालिन राणा प्रमले उहाँलाई रिहा गरि दियो । तर, आयरल्याण्डको मांगका लागि संसार मै लामो समयसम्म अनसन बसेका बबी सैंड्स अनसनरत् नै मरें । राणा शासन बढी जनअपेक्षालाई कदर गर्ने थिए कि मार्गरेट थ्याचरको बेलायत . यस बारे छलफल हुदै गर्ला ।

महात्मा गांधीको सफलताका आंकलन गर्ने अध्येताहरू भन्छन्,यदि गांधीको लडाई कानूनी राज्यका प्रणेता वा पक्षपोषक ब्रिटीससंग नभएको भए गांधी किमार्थ पनि सफल हुने थिएनन् । सन् १९६८ मा बीपीले बाराणसीको राजघाटमा आयोजित सम्मेलन “गांधीज्म एण्ड एशियन च्यालेन्ज” मा बिश्वभरका शांतिवादी अहिंसक नेताहरूको सामुन्ने भन्नु भएको थियोस “गांधीको सफलताको धेरै श्रेय बेलायती कानूनी राज्यको मान्यता र मानव अधिकारका प्रति बेलायतको प्रतिवद्धतालाई जान्छ । नेपालमा त राजा महेन्द्रको शासनमा हरेक रात धेरै गांधीहरूको भ्रुण हत्या हुन्छ ।” तेही गएर बबी सैंड्स अनसनरत् मरें ।

ओसामा बिन लादेन मारिए । अमेरिकनले उनको मृत देह समुन्द्रमा फालि दिए । दफन गरिने ठाँउमा हरेक बर्ष मेला न लागून भनेर तेसो गरियो । तर, बबी सैंड्सको मुद्दा मरेको छैन । आयरल्याण्डको स्वाधिनताको मांग झनझन् बढदो छ ।

सवाल राज्यले कसलाई कसरी, कुन रंगमा रंगाई दिएको हुन्छ, सबैले तिनलाई तेसै रंगमा लत्तपतिएको ठान्दैन भने हो । अहिले मेरो सरोकार डा. गोबिन्द केसीको अनसन वारे हो । डा. केसीको मांगलाई जनस्तरले आत्मसात गरेको छ । तेसलाई जायज ठानेको छ । जनताको यस अवधारणालाई राज्यको ब्याख्याले अन्यत्र मोडन सक्दैन । वर्तमान प्रम ज्यूले यत्ति मात्र बुझिदिए हुन्छ ।

सुशीला कार्कीलाई माओवादीले न्यायाधीश बनाएँ । तर, एमालेले सधैं सुशीलालाई बोकेर हिंडे । सुशीला न्यायको आडम्बरमा काँग्रेसको छाला काढ्न चाहन्थीई । एमालेलाई मन पर्थ्यो । उही सुशीलालाई अहिले नागरिक समाजको नेता हुनु परेको छ । उनले डा. केसीलाई समर्थन गरेकी छिन,यो कुरा एमालेलाई मन नपर्नु स्वभाविकै हो ।

यस्तो लोभीपापीको खेल भैरहन्छ । प्रम ओली तक्षणका यस्ता कुराहरूमा पर्नु हुन्न् । मैले माथी भने, बबी सैंड्स अनसनरत् मरें । तर उनले उठाएको मुद्दा मरेको छैन । भोली डा. केसी पनि मर्न सक्छन् । निस्सन्देह उनको मृत्यू बारे प्रम ओलीले कुनै ज्यान मुद्दा बेहोर्नु पर्दैन । तर, डा. केसीले उठाएका सवालहरूमा आफ्नो कल्याण देख्ने जनताका भरोसा मर्नेछ । डा। केसीको देह मर्नेछ, तर उनमा आफ्नो कल्याणको आशय देख्नेहरूको भरोसा मर्नेछ । त्यो घडी प्रमका लागि सुखद हुने छैन् ।

गाँउघरका हाट बजारमा बौलहा मजनूँहरूलाई ससाना केटाकेटी बच्चाहरूले गिज्याउँदै लख्ट्ने गरे झैं प्रम ओली आम जनताको च्याँग्रा लखे्ट्याईमा पर्नु हुनेछ । आउने चुनावमा हरेक मतदाताको छोपिएको अनुहारमा डा। केसीको मुखुण्डोको सामना गर्नु पर्ने हुन्छ ।

प्रम ओली जीलाई दक्षिण एशियाकी एक राजनेताका बिलौना बताउन चाहन्छु । बेनजीर भुट्टो, उनको सामन्ति पारिवारिक पृष्ठभूमीका बारेमा भनी रहनु पर्दैन । उनि भ्रष्ट छिन भने सर्वत्र प्रचार भयो । बिरोधीहरूले खुब उचाले यस सवाललाई । एक भारतीय टेलिभिजन पत्रकारसंगको अन्तर्वार्तामा उनले वेदना साथ भनी,“म पुस्तैनी परम्परा अनुसार काँसको गिलासमा पानी पिउथे । सबैलाई थाहा थियो कि बेनजीर घरमा रहँदा काँसको गिलासमै पानी पिऊछिन् भनेर । बिभिन्न अवसरमा मैले भेंटघाट गरिरहदाँ काँसको गिलास समाती बसेको फोटोहरू अखवारहरूमा छापिएको हुन्थ्यो । यही फोटोलाई देखाएर बिरोधीहरूले हल्ला फिंजाए, बेनजीर त यौन शक्ति बढाउन सुनको झोल बनाईएको पानी पो पिऊने गर्छिन र पो त दुनियाँले थाहा नपाउन भनेर काँसको गिलालमा हालेर पिऊने गर्छिन् ।” बेनजीरले भनेकी थिईन, जनताले यस्ता बेहुदा कुरालाई पत्याएर मलाई प्रश्न गर्ने गर्थे,“मेहतर्मा आप तो सोनेका सोरबा पिती हैं !”

यस्तो हुन्छ,प्रचारका अगाडी पराधिन जनता । डा. केसी मर्न सक्छन् । उनले मृत्यू मै प्रारब्ध देखेको हुन सक्छ,तर, यस पछि हुने भरोसाको मृत्यूले आशाहरूको लाश थप्याथप्ने छ सर !

  • १७ माघ २०७५, बिहीबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !