देशभरका इन्टरनेट तथा टिभी सेवा बन्द गर्ने

आजभोलि

देशभरका इन्टरनेट तथा टिभी सेवा बन्द गर्ने

इन्टरनेट तथा टिभी सेवा प्रदायक समन्वय समितिले इन्टरनेट तथा टिभी सेवा बन्द गरेर कालो दिन घोषणा गर्ने चेतावनी दिएका छन्।

शुक्रबार ललितपुरको सानेपास्थित आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै समन्वय समितिका अध्यक्ष दिनेश सुवेदीले हामीले ९० करोड कमाई गर्दै आएको र प्राधिकरणलाई मात्र ७५ करोड बुझउँदा कसरी चल्ने भन्दै इन्टरनेट र केबल टिभी बन्द गर्न लागेको बताएका छन् ।

नेपाल विद्युत प्राधिकरणले पोल तथा अप्टिकल फाइबरको मुल्य वृद्धि गरेकोमा आपति जनाउँदै समितिले इन्टरनेट तथा टिभी सेवा बन्द गर्ने चेतावनी दिएको हो।

तार काटेपछि इन्टरनेटबाट सञ्चालन हुने बैंक, एटीएम, एयरलाइन्सहरु, बिमानस्थल लगायतका सेवाहरु सञ्चार माध्यमहरु र मोबाइल टावरका समेत सेवाहरु अवरुद्ध हुने अध्यक्ष सुवेदीले बताए।

उनले नेपाल विधुत प्राधिकारणले तोकेको नयाँ मुल्य अनुसार पोल भाडा तिरेमा इन्टरनेट र केबल टिभी सेवा महङगो हुन जाने बताए। विद्युत प्राधिकरणले नयाँ पोल भाडा मुल्य अनुसार भुक्तानी नगरेमा तारहरु काटिदिने पत्राचार गरेपछि व्यवसायीहरु आक्रोसित भएको उनले बताए।

२०७५ साउन १ गतेदेखि सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत टेलिकम सर्भिस चार्ज लगाएको छ।

  • २७ बैशाख २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !