नेविसंघद्धारा मन्थलीमा सरकार विरुद्ध राँके जुलुस

आजभोलि

पुष्कर खड्का

रामेछाप मन्थली बजारमा नेविसंघ रामेछापले सरकार विरुद्ध राँके जुलुस निकालेको छ ।

तीन करोड नेपालीलाई विषादीयुक्त तरकारी तथा फलफूल खुवाउने गरी भारतबाट नेपाल भित्रने तरकारी नाकामा जाँच नगरी ल्याउने गरी निर्णय गरेको भन्दै त्यसको विरोधमा विहिबार साँझ रामेछापको सदरमुकाम मन्थलीमा नेविसंघले राँके जुलुस निकालेको हो ।

मन्थलीको देवकोटा चोक नजिकबाट निकालिएको राँके जुलुसलाई प्रहरीले अगाडी बढ्न नदिएपछि बजार परिक्रमा गर्ने योजना भने नेविसंघको बिफल भएको नेविसंघ रामेछापका एक नेताले जानकारी गराएका थिए ।

नेपाली काग्रेसका पूर्व जिल्ला कार्यसमितिका सदस्य समेत रहनुभएका काग्रेस नेता दीपक खड्काको नेतृत्वमा निकालिएको राँके जुलुसमा नेविसंघ रामेछापका उपाध्यक्ष सुशिल बख्रेल, कोषाध्यक्ष युवराज सुवेदी लगायतको सहभागिता रहेको थियो ।

विषादी परीक्षण नगर्ने सरकारको निर्णय विरुद्ध नेविसंघले असार २३ गते देखि लगातार देशभरी विभिन्न किसिमका आन्दोलनहरु गर्दै आएको बताएका छन ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !