काँग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु, विविध १४ वटा एजेन्डा तय

आजभोलि

काँग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु, विविध १४ वटा एजेन्डा तय

नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठक शुक्रबारबाट सुरु भएको छ ।

नेपाली काँग्रेसका सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा जारी बैठकमा पार्टीको नियमावलीमा केन्द्रित भएर छलफल भईरहेको हो ।

नियमावली संशोधन मस्यौदा समितिले तयार पारेको प्रतिवेदनमाथि केन्द्रित भएर बैठकमा छलफल भईरहेको केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिएका छन् । बैठकमा विविध सहित १४ वटा एजेन्डा तय गरिएको छ ।

बैठकको सूरुमा भने नियमावली माथि छलफल केन्द्रित भएको छ । बैठकमा नेताहरुले भातृ संगठनहरुलाई नियन्त्रण हुने गरी नियमावलीमा प्रावधान राखिएकोमा आपत्ति जनाएका छन ।

बैठकमा भातृ संस्थाहरुलाई स्वतन्त्र ढंगले काम गर्न दिने गरी नियमावली संशोधन गर्न पार्टी नेतृत्वलाई सुझाव दिइएको पनि केन्द्रिय सदस्य पौडेलले बताए ।

बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नविकरण तथा वितरण, पार्टीको राष्ट्रिय जागरण अभियानको पहिलो चरणको कार्यक्रमको समिक्षा, केन्द्रिय अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्य प्रगति विवरणसहित देशका समसामयिक परिस्थितिका बारेमा पनि छलफल हुने नेपाली काँग्रेसले जनाएको छ ।

  • २७ असार २०७६, शुक्रबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !