एनआरएनएको विश्व सम्मेलन भोलीदेखि, नयाँ नेतृत्वका लागि १२ पदमा ४२ जना चुनिने

आजभोलि

गैरआवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम प्रकाशित भएको छ ।

विश्व सम्मेलनको उदघाटन मंगलबार राजधानीको हायत होटलमा गरिँदैछ । सम्मेलन १५ देखि १७ अक्टोबर अर्थात् २८ देखि असोज ३० सम्म चल्नेछ ।

नवौं अन्तर्राष्ट्रिय महाधिवेशनमा यस पटकदेखि १२ पदमा ४२ जना निर्वाचित हुने व्यवस्था गरिएको छ । संघको निर्वाचन समितिका अनुसार विश्व सम्मेलनबाट ४२ जना उम्मेदवार चुनिने छन् ।

विधानको नयाँ व्यवस्थाअनुसार संघको अध्यक्ष एक, उपाध्यक्ष ५ एक महिलासहित, महासचिव १, सचिव २, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक १ १ जना निर्वाचित हुनेछन् ।

यसैगरी प्रत्येक क्षेत्रीय समितिबाट एकरएक गरी ६ जना क्षेत्रीय संयोजक चुनिने छन् । क्षेत्रीय उपसंयोजकमा भने यसपटक युरोप क्षेत्रबाट ३ जना चुनिने छन् । युरोपमा ३ जना क्षेत्रीय उपसंयोजक हुने नयाँ व्यवस्था पनि विधानले गरेको छ ।

एशिया प्रशान्त, अफ्रिका र मध्यपूर्वबाट २र२ जना क्षेत्रीय उपसंयोजक छानिने छन् भने उत्तर–दक्षिण अमेरिका र ओसेनियाबाट भने १ १ जना क्षेत्रीय उपसंयोजकमा चुनिने छन् ।

प्रत्येक क्षेत्रबाट १ १ जनाका दरले ६ ६ जना क्षेत्रीय महिला संयोजक र क्षेत्रीय युवा संयोजक पनि चुनिने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनको सबै काम बुधबार २९ गते सकाउने गरी निर्वाचन समितिले कार्यक्रम प्रकाशित गरेको छ । उद्घाटन सत्रको भोलिपल्ट उम्मेदवारको मनोनयन दर्तादेखि मतदान र मतगणनासमेत सकाउने गरी कार्यक्रम प्रकाशित गरिएको छ । मतदानका लागि बुधबार दिउँसो ३ देखि राति ८ बजेसम्मको समय तोकिएको छ ।

एनआरएनएको आगामी आगामी नेतृत्व लिन कुमार पन्त र कुल आचार्य चुनावी मैदानमा ओर्लिएका छन् । पन्त जर्मनी तथा आचार्य बेलायतबाट प्रतिनिधित्व गर्दछन् । हाल दुबैजना उपाध्यक्ष रहेका छन् ।

  • २७ आश्विन २०७६, सोमबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !