एनआरएनए नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन सुरु, नयाँ नेतृत्व चयन पनि हुने

आजभोलि

गैरआवसीय नेपाली संघ एनआरएनएको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा आजदेखि सुरु भएको छ।

तीन दिनसम्म चल्ने सम्मेलनको होटल ह्यातमा एक विशेष कार्यक्रमकाबिच उक्त सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले नेपालीका लागि गर्व हुने गरी एनआरएनएले सहयोग पुर्याएको भन्दै आयोजक संस्थालाई धन्यवाद दिएकी छन्।

उनले नेपालको विकास र समृद्धि स्थापित गर्ने उद्देश्यका साथ सञ्चालनमा आएको यो संस्थाले विगत डेढ दशकमा अनेक भूमिका महत्वपूर्ण भएको बताइन्। देशभक्ति र मायालाई भौगोलिक सीमाले कहिल्यै नरोक्ने र त्यसलाई झन बलियो बनाउने उनको धारणा थियो ।

एनआरएनले साझा धारणको विकासको अवधारणा अघि बढाएको र संसाभर छरिएर रहेका नेपालीलाई एकै ठाउँमा ल्याउन र उनीहरुका दुस्खलाई समाधमन गर्न भूमिका खेलेको उनको भनाई थियो ।

नेपालको विकासमा गैरआवासीय नेपालीले नेपालमा रहेका नेपालीसँग सहकार्य र हातेमालो गर्नु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।

नेपाली समाज जातिय, भाषिक र एकताको अनुपम परम्पराको गाथा भएको र त्यसको संरक्षण गर्नु पर्ने सबै नेपालीको कर्तव्य भएको र त्यसमा ध्यान दिन आग्रह उनले गरिन्।

सुख दुःखलाई आत्मसाथ गर्ने नेपालीको विशेषता भएको उनको भनाई थियो र सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२०लाई सफल बनाउन गैरआवासीय नेपालीको महत्वपूर्ण योगदान हुने अपेक्षा आफ्नो भएको भण्डारीले बताइन् ।

सम्मेलनमा विभिन्न सत्रहरु सञ्चालन हुनेछन् भने संघको नयाँ नेतृत्व पनि चयन हुनेछ ।

म, मेरो एनआरएनए र मेरो नेपाल मूल नारासहित आयोजित सम्मेलन संघको महाधिवेशन पनि हो । सम्मेलन नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ तथा गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा सुरू भएको हो । सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा ८१ मुलुकका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वेदशी, विदेशी गरी २ हजार ५ सयको सहभागिता छ ।

  • २८ आश्विन २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !