चिनियाँ राष्ट्रपति सिको भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न संचारमन्त्रीको आग्रह

आजभोलि

संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणलाई तत्काल हुने लाभहानीको रुपमा विश्लेषण नगर्न आग्रह गरेका छन् ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण असाधारण रुपले सफल रहेको उल्लेख गर्दै त्यसलाई तत्काल हुने लाभहानीको रुपमा हेर्न नहुने स्पष्ट पार्नुभयो । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणले दुई मुलुकको बीचको सम्बन्धलाई सगरमाथाको उचाईमा पु¥याएको बताए ।

मन्त्री बास्कोटाले चिनियाँ राष्ट्रपति र चीनको उचाईबाट भएको यो भ्रमणले नेपालको अन्तराष्ट्रिय स्तरमा ईज्जत, मान र प्रतिष्ठा बढाएको उल्लेख गरे ।

उनले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणलाई नेपालको भलो चिताउने जो कसैले पनि हार्दिकताका साथ स्वागत गरेको पनि बताए ।

  • २९ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !