राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, शीतल निवासबाट हेलिकप्टरमा विमानस्थलसम्म

आजभोलि

राष्ट्रपति भण्डारी म्यानमार प्रस्थान, शीतल निवासबाट हेलिकप्टरमा विमानस्थलसम्म

राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमार स्थान गरेकी छिन्।

उपत्यकाको ट्राफिक व्यवस्थापनलाई ध्यानमा राखेर उनले शीलत निवासदेखि विमानस्थलसम्म पुग्न हेलिकोप्टरको प्रयोग गरेकी छिन्।

राष्ट्रपति भण्डारी म्यानमारका राष्ट्रपति ऊ विन मिन्टको निमन्त्रणामा चार दिने राजकीय भ्रमणका लागि आज म्यानमार प्रस्थान गरेकि हुन् । त्यसपछि उनी म्यानमारबाटै जापानका सम्राट नारुहितोको राज्यभिषेक समारोहमा सहभागी हुन जापान प्रस्थान गर्नेछिन् ।

राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, नेपाल सरकारका उच्च पदस्थ कर्मचारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेका थिए । राष्ट्रपति भण्डारीको विदाईमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।
.
राष्ट्रपति भण्डारीले म्यानमारको राजकीय भ्रमणमा रहँदा त्यहाँका राष्ट्रपति मिन्टसँग द्धिपक्षीय भेटवार्ता गर्नेछिन् भने म्यानमारका स्टेट काउन्सिलर आङसान सुकीसँग पनि भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनी आगामी कार्तिक ६ गते बुधबार बेलुका साँढे ८ बजे स्वदेश फर्कनेछिन् ।

  • २९ आश्विन २०७६, बुधबार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !