नेपाल बंगलादेश व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु

आजभोलि

नेपाल बंगलादेश व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु

नेपाल बंगलादेशबीच सहुलियत पुर्ण व्यापार सम्बन्धी प्राविधिक समितिको बैठक काठमाण्डौमा सुरु भएको छ । काठमाडौमा मंगलबार सुरु बैठकमा दुई देशबीचको व्यापारीक संभावनका विषयमा छलफल हुनेछ ।

विशेष गरेर क्षेत्रीय उडान, उर्जा, जलमार्ग, कृषि उत्पादनको निकासी, खाद्य सुरक्षा, नेपाली धागो निकासी तथा दुवै देशका उपभोग्य वस्तुको आयात निर्यातबारे छलफल गरिने बताइएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बैठकले दुई देशबीचको व्यापार विस्तारका सम्बन्धमा ठोस निर्णय हुने बताए ।

बंगलादेश वाणिज्य मन्त्रालयकी सह सचिव सरिफा खानले दुई देशबीचको व्यापार प्रवद्र्धनका सम्बन्धमा यसअघि पनि छलफल भईसकेकाले बैठकले त्यसबारे महत्वपुर्ण निर्णय गर्नेमा आफु आशावादी रहेको बताए ।

प्राविधिक समितिको बैठकले गरेका निर्णयहरु दुवै देशको सचिवस्तरीय निर्देशक समितिले अनुमोदन गरेपछि कार्यान्वयनमा जाने छ । बैठकमा नेपालका तर्फबाट १५ र बंगलादेशका तर्फबाट ७ सदस्यीय प्रतिनिधिमण्डल सहभागी छन् । बैठक बुधबार सम्म चल्ने छ ।

  • ५ कार्तिक २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !