नेविसंघको तदर्थ समिति बनाउन कांग्रेसका नेता सिटौला समूहमा आबद्ध विद्यार्थीद्वारा माग

आजभोलि

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला समूहमा आबद्ध विद्यार्थी नेताहरूले संगठन सदृढ बनाउन आग्रह गरेका हुन् ।

बूढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर उनीहरुले तत्काल नेविसंघको तदर्थ समिति बनाउन माग गरेका हुन् ।

सिटौला समूहमा आबद्ध एउटा खेमा ३२ वर्षमुनिबाटै तदर्थ समिति ल्याउनुपर्ने माग राख्दै अनशनमा बसिरहेका बेला अर्को खेमाका विद्यार्थीहरूले देउवालाई सहमतिका आधारमा तदर्थ समिति बनाउन आग्रह गरेको हो ।

नेविसंघ विघटन भएको झन्डै १ वर्ष पुग्नै लाग्दा पनि तदर्थ समिति गठन नहुनु संगठन र मातृ पार्टीका लागि दुर्भाग्य भएको जिकिर गर्दै नेता तपेन खड्काले केन्द्रीय कार्यसमिति नहुँदा संगठन भताभुंग भएको, सरकारविरुद्ध मुद्दा उठाउन नसकिएको गुनासो सभापति देउवालाई सुनाएको जानकारी दिए ।

जवाफमा सभापति देउवाले नेविसंघको तदर्थ समिति गठनकै लागि आफूले केन्द्रीय कार्यसमितिमा प्रस्ताव पेस गरिसकेको र पुस १० गते बस्ने बैठकमा छलफल गरिने बताएका छन् ।

  • ८ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !