दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपप्रधानमन्त्री यादवले दिए राजीनामा

आजभोलि

दुई बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उपप्रधानमन्त्री यादवले दिए राजीनामा

उपप्रधान एवं कानुनमन्त्री उपेन्द्र यादवले मंगलबार पदबाट राजीनामा दिएका छन् ।

उनले मंगलबारदेखि नै लागू हुनेगरी राजीनामा दिएका हुन् । समाजवादी पार्टी नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाउँदै सरकार छाडेको हो ।

उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र शहरी विकासमन्त्री मोहमद इस्तियाक राईले पदबाट राजिनामा दिएका छन् । सरकारमा सहभागी हुँदा भएको सहमति अनुसार संविधान संशोधनको प्रस्ताव मन्त्रिपरिषदमा लैजाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पेश गर्नै नदिएपछि सरकार छाडेको समाजवादी पार्टीका अध्यक्षसमेत रहनुभएका मन्त्री यादवले बताए ।

उनले दुईबुँदे सम्झौताबाट सरकार पछि हटेको पनि बताए । संविधान संशोधनका बारे पटक पटक प्रधानमन्त्रीसँग राख्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिएको उनले बताए ।

सरकार दुईबुँदे सहमतिबाट पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको प्रष्ट भएकाले नैतिकताको आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले राजिनामा दिएको मन्त्री यादवले दिनुभएको राजीनामा पत्रमा उल्लेख छ ।

  • ८ पुष २०७६, मंगलवार प्रकाशित

  • Nabintech
  • १. माननीय ज्यू, अब लोकमानको महाअभियोग के हुन्छ ?
  • २. पाटेबाघलाई नियन्त्रणमा लिइयो
  • ३. अर्थपूर्ण समाज निर्माणका लागि सहकारी ऐन कार्यन्वयन आवश्यकता – संसाद फुयाँल
  • ४. महानगरले भन्यो, खाना खुवाउने हो भने घरलगेर खुवाउनु खुलामञ्चमा खुवाउँदा सरकारको इज्जत गयो
  • ५. कैलालीमा फरार प्रतिवादी मनहेराबाट पक्राउ
  • ६. बझाङको यस्तो ठाउँ जहाँ १५ किलोमिटरकै पनि ५५० रूपैयाँ भाडा
  • ७. बझाङको त्यो ठाउँ जहाँ विभेद अन्त्य गर्न गाउँको नाम परिवर्तन गरियो  
  • ८. गिरिजा-प्रचण्डले अर्ज्याको गणतन्त्रमा ओलीराज !
  • ९. ब्राउन सुगरसहित तीन जना पक्राउ
  • १०. सरिता गिरीको दाबी, मधेश अलग राष्ट्र हो !